English

धेरै वर्ष कसरी बाच्ने ? वैज्ञानिकको यस्तो दाबी !



अमेरिकी वैज्ञानिकले लामो उमेर र स्वस्थ कसरी रहिन्छ भन्ने कुराको रहस्य बताएका छन् । वैज्ञानिकले रातमा सुत्नेबेला भन्दा पहिला आफ्नो रिस नष्ट गर्न सुझाएका छन् । झगडा बिर्सिएर दिमाग शान्त गरेपछि सुत्यो भने लामो समयसम्म मानिस बाच्न सक्ने र स्वस्थ रहनसक्ने वैज्ञानिकको दाबी छ । यो दाबी अमेरिकाको ओरेगन स्टेट यूनिभर्सिटीका वैज्ञानिकले आफ्नो रिसर्चबाट गरेका हुन् ।

झगडा त्यहि दिन बिर्सनुहोस्

रिसर्चका अनुसार यदि तपाईले दिनको अन्त्यसम्म झगडा बिर्सिन सक्नुभयो भने, यसको असर अर्को दिन पर्दैन । यदि तपाईले दिमागमा नेगेटिभ कुरालाई हाबी हुनबाट रोक्नसक्नुभयो भने, मानसिक रुपमा स्वस्थ रहन सक्नुहुन्छ । तर यसको बिपरित भएमा यसको असर तपाईमै पर्छ ।

नेगेटिभ कुरा बिर्सिनेमा वृद्धवृद्धा धेरै

यो रिसर्च २०२२ जना मानिसमा गरिएको थियो । यसमा ३३ देखि ८४ वर्ष उमेरका मानिस सहभागी थिए । ८ दिनसम्म हरेक मानिससँग यसको फिलिङ र एक्सपीरियन्सको बारेमा सोधिएको थियो । शोधकर्ताहरुको टीमले औसतमा ४५ वर्षका मानिसको तुलनामा वृद्धवृद्धाले छिटै नेगेटिभ कुरा बिर्सिएको पाइएको हो ।

तनाव कम गर्ने प्रयास आवश्यक

शोधकर्ता रोबर्ट तावस्की हरेक मानिसलाई कुनै न कुनै बेला तनावको सामना गर्नुपरेको र यसलाई रोक्न नसकिने बताउँछन् । तर यसलाई केहि हदसम्म नियन्त्रण भने गर्न सकिने र स्वस्थ रहन सकिने बताउँछन् ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested