घट्यो गोलभेंडाको मूल्य [सूचीेसहित]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज फागुन ११ गते बुधबार एक किलोग्राम गोलभेंडाको मूल्य ६५ रूपैयाँ तोकिएको छ । मंगलबार एक किलोग्राम गोलभेंडाको मूल्य ७५ रूपैयाँ तोकिएको थियो ।
एक किलोग्राम रातो आलुको मूल्य २६ रूपैयाँ ३३ पैसन तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ६५ रूपैयाँ छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य २७ रूपैयाँ ६७ पैसा तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको मूल्य ३५, रातो मूला ३५, सेतो मूला १७ रूपैयाँ ६७ पैसा, भन्टा ६५, मटरकोशा ६५ रूपैयाँ तोकिएको छ । त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ११५ रूपैयाँ तोकेको छ ।
एक किलोग्राम सुन्तलाको मूल्य १०५ रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य २३५ तोक्दा हरियो अंगुरको मूल्य ११० रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम कागतीको मूल्य १२० रूपैयाँ तोकिएको छ ।


