English

गर्भवती महिलाले कफी पिए बच्चाको आकार घट्ने !



प्रेग्नेन्सीको बेला महिलाले दिनमा आधा कप कफी पिएमा पनि बच्चाको आकार घट्ने वैज्ञानिकहरुले बताएका छन् । यो दाबी अमेरिकी वैज्ञानिकले आफ्नो रिसर्चमा गरेका हुन् । रिसर्चका अनुसार जन्मको समयमा सानो बच्चा भएमा भविष्यमा मोटोपन, हार्ट डिजीज र डायबिटिजको खतरा हुनसक्ने बताएका छन् ।

यसरी भयो रिसर्च

शोधकर्ताहरुले २ हजार भन्दा धेरै फरक फरक देशका महिलाहरुलाई रिसर्चमा सामेल गराएका थिए । १२ फरक फरक स्थानमा यसको रिसर्च भएको थियो । रिसर्चमा ८ देखि १३ हप्ताका प्रेग्नेन्ट महिलाहरुले रजिस्ट्रेशन गराएका थिए । यी सबै महिला नन स्मोकर्स थिए र प्रेग्नेन्सी भन्दा पहिला कुनै पनि रोगबाट ग्रस्त थिएनन् ।

यस्तो किन ?

शोधकर्ताले कैफीनको असरका कारण गर्भाशय र गर्भनाल सानो हुन्छ, यसले कोखमा बढीरहेको बच्चासम्म ब्लडको सप्लाई घट्छ । नतिजा, यसको ग्रोथमा पर्दछ । त्यति मात्रै होइन, यसमा हार्मोनलको समस्या पनि हुन सक्छ र यसले बच्चालाई भविष्यमा मोटोपनको सामना गर्नुपर्ने हुनसक्छ ।

कैफीन र एनर्जी ड्रिंक्सबाट टाढै रहनुहोस्

शोधकर्ताहरुले गर्भवती महिलाहरुलाई प्रेग्नेन्सीका बेला कैफीन वाला चीज जस्तै चिया, कफी र एनर्जी ड्रिंक्सबाट टाढै रहन सुझाएका छन् । हेल्थ एजेन्सीले पनि गर्भवती महिलाले २०० एमएल भन्दा धेरै कैफीन लिन नहुने भनेका छन् ।

कैफीनको सेवन कम गर्न आवश्यक

नेशनल इन्स्टीच्यूट अफ चाइल्ड हेल्थ एण्ड डेभलपमेण्टका शोधकर्ता क्याथरिन ग्रेण्ट्जले प्रेग्नेन्सीको बेला कैफीन जस्ता पेय पदार्थ कम गर्न सुझाएकी छन् ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested