English

यस्ता गल्तीले समयपूर्व जन्मिन सक्छ बच्चा



गर्भावस्थामा महिलाले आफ्नो स्वास्थ्यको अरू बेलाभन्दा धेरै ख्याल राख्छन् । जसले गर्दा आफ्नो स्वास्थ्यसँगै बच्चा पनि सुरक्षित रहोस् र प्रसवमा कुनै समस्या नहोस् । तर केही अवस्थामा भने समयपूर्व पनि बच्चा जन्मिन्छन् ।

उमेर र पाठेघरको असक्षमता जस्ता धेरै कारकहरूले पनि यसको पछाडि ठूलो भूमिका खेल्छ । गर्भवती महिलाहरूले केही कुराहरूमा ध्यान दिँदा समयपूर्व बच्चा जन्मिने सम्भावनालाई कम गर्न सकिन्छ । गर्भावस्थाको बेला ध्यान दिनुपर्ने कुराहरू यस प्रकार छन् :

खुट्टाको मालिस
गर्भावस्थामा खुट्टाको मालिसले धेरै आराम मिल्छ । यो समयमा महिलाहरूलाई खुट्टामा मसाज गर्न विशेषज्ञहरू सल्लाह पनि दिन्छन् । तर गर्भावस्थाको समयमा जथाभावी खुट्टाको मालिस गर्नु हुँदैन किनभने यसले पाठेघरलाई सङ्कुचित गर्न सक्छ ।
खुट्टा, टाउको र हातमा अकुप्रेसर विन्दुहरू हुन्छन् जुन धेरै हदसम्म प्रजनन प्रणालीसँग सम्बन्धित हुन्छन् । खुट्टाको मसाज गर्दा तिनीहरूमा दबाबले समयभन्दा पहिले बच्चा जन्मन सक्छन् । कतिपय अवस्थामा गर्भपतन हुने सम्भावना पनि हुन्छ।

मुखको स्वच्छतामा ध्यान नदिनु
सुन्दा, तपाईंलाई अनौठो लाग्न सक्छ, मुखको स्वच्छता समयपूर्व डेलिभरीसँग सम्बन्धित छ । यदि, गर्भवती महिलाले आफ्नो मौखिक स्वास्थ्य स्वच्छता कायम नराखेको खण्डमा, शरीरले केही हर्मोनहरू निस्कासन गर्छ । जसले मुखको संङ्क्रमणको साथसाथै समयभन्दा पहिले डेलिभरी निम्त्याउन सक्छ ।

यसले मुखको सङ्क्रमण जस्तैः दाँत किराले खाने, सुन्निने, गिजाबाट रगत बग्ने, मुखमा अल्सर वा दाँतको दुखाइले समयअघि नै डेलिभरीको जोखिम बढाउन सक्छ । त्यसैले, यस्तो अवस्थामा मुखको स्वच्छतामा विशेष ध्यान दिनुपर्छ ।

भारी व्यायाम
गर्भावस्थाको समयमा, महिलाहरूलाई विशेषज्ञद्वारा निर्धारित व्यायाम गर्न सल्लाह दिइन्छ । यसले गर्दा शरीर तन्दुरुस्त रहन्छ र महिलालाई पनि आराम महसुस हुन्छ । यसका साथै गर्भावस्थामा हुने मधुमेहको जोखिम पनि कम हुन्छ । तर गर्भको अवस्थामा भारी व्यायाम गर्नु जोखिम हुन सक्छ । यो समयमा कुनै पनि कडा व्यायाम गर्ने प्रयास गर्नाले पेटमा दबाब ल्याउन सक्छ, समय पूर्व डेलिभरीको सम्भावना बढ्छ । साथै कहिलेकाहीँ बच्चा पनि यसबाट प्रभावित हुन सक्छ ।

लामो यात्रा
गर्भावस्थामा लामो यात्रा गर्नु पनि खतराको सूचक हुन सक्छ । गर्भवती महिलाले शुरुको ३ महिना र अन्तिम ३ महिनामा लामो दूरीको यात्रा गर्नु हुँदैन । यसले गर्भपतन हुने तथा समयपूर्व बच्चा जन्मने सम्भावना हुन्छ । यस्तो अवस्थामा युरिन इन्फेक्सन भएको खण्डमा पनि समय पूर्व बच्चा जन्मने सम्भावना हुन्छ । त्यसैले, लामो यात्रा नगर्नुको साथै युरिन इन्फेक्सन हुन नदिन प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

स्तनको उत्तेजना
गर्भावस्थाको समयमा महिलाको शरीरमा धेरै परिवर्तनहरू हुन्छन् । यस समयमा महिलाहरूले निप्पल चिलाउने वा हल्का दबाब महसुस हुने हुन सक्छ । निप्पल चिलाउँदा शरीरले अक्सिटोसिन नामक हर्मोन उत्सर्जन गर्छ जसले समयभन्दा अघि नै डेलिभरी गराउन सक्छ । त्यसैले गर्भावस्थाका महिलाले निप्पलमा दबाब पर्ने काम गर्नु हुँदैन ।

यो पनि
हिउँदमा केटु : टोली क्याम्प फोर प्रस्थान गर्दै



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।