English

आज बुधबार तपाईंको राशिफल कस्तो छ ?



आज फागुन ११ गते बुधबार २०७८ । तदनुसार २३ फेब्रुवरी २०२२ । फागुनकृष्णपक्ष सप्तमी तिथि, बब करण, विशाखा नक्षत्र, धुव्र योग, चन्द्रमा तुला राशिमा छ । बिहान १२ः१८ देखि १ः४४ सम्म राहुकाल रहेको छ । आज बिहान सूर्योदय ६ः३४ मा भयो भने ५ः५९ मा सूर्यास्त हुनेछ ।

आजको देवता भूमि र ग्रहदेव केतु रहेका छन् । बुधबारको दिन घर गृहस्थसम्बन्धी शुभ कार्यका लागि महत्त्व दिनु राम्रो मानिन्छ । आर्थिक कारोबारका लागि आजको दिन उत्तम मानिन्छ । लिने, दिने र हरहिसाब प्रत्येक बुधबार गर्नुलाई राम्रो मानिन्छ । व्यापारीहरूले बुधबारको दिन हिसाब खाताको समीक्षा गर्नु पर्दछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : कामका  प्रतिफल प्राप्त हुनेछ । सामानसम्मान मिल्नेछ । तपाईंले गर्नुभएको कामको सम्मान हुनेछ । सामाजिक सेवा गर्नुभएको छ भने त्यसबाट तपाईंलाई मानसम्मान मिल्नेछ । मेष राशिका जातकले जे काम गर्नुहुन्छ गरेको काममा सफलता प्राप्त हुनेछ । देवालयमा गएर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : तपाईंका लागि आजको दिन त्यति अनुकुल छैन । मानसिक चिन्ता, असन्तुष्ठी रहन सक्छ । यात्राको लागि अवसर आउनसक्छ । त्यसैले धार्मिक क्षेत्रको यात्रा गर्नु बेस हुनेछ । यदी यात्रामा निस्कनु भन्दा पहिले तपाईको नजिकै हरेको कुनै पनि देवी देवताको दर्शन पुकारा गरेर यात्रा गर्नुभयो आजको दिन तपाईको लागि अनुकूल हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले मिथुन राशि भएका जातले आजको दिन मौन रहनु वेश हुनेछ । परिवारमा अनावश्यक विवाद हुनसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईले सोचअनुसार काम नहुँदा हुने चिन्ताले एकप्रकारको डर उत्पन्न भइरहन्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । आज नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । स्त्रीबाट प्राप्त हुने सहयोगले काममा सफलता मिल्नेछ । आफूले गरिरहेको व्यापार ब्यबसाय र कामबाट तपाईलाई सफलता मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । केही घमण्डका कारण आफैंले गरेको कार्यबाट हानी हुनसक्छ । त्यसैले काम गर्दा होस् पुर्याउनु होला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको बुधबार भएकाले व्यापारको कामबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईंलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिरहुन भएको छ भने थप सफलता मिल्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंको मनमा खुसी छाउनसक्छ । चाहना र इच्छाअनुसार काम हुनेछ । आजको दिन विवाद हुने काम नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आजको दिन विहानैं सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन कसैलाई पनि अपमान हुने काम र कुरा नगर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारव्यवसायबाट लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत तपाईंको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ ।  

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईंलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन तपाईंको लागि उत्तम दिने हो । त्यसैले जे काम गर्नुहुन्छ । सफलता प्राप्त हुनेछ । व्यापार ब्यबसाय, लेखन, र तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईं लाभ हुनेछ । त्यसैले आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन समय त्यति अनुकूल छैन । त्यसैले स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकूल देखिदैन । नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : व्यापारमा काम गर्नुहुने मीन राशिका जातको लागि दिन उत्तम रहेको छ । धनलाभ प्राप्त हुने योग छ । सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । सुखीको खबर र तपाईले गर्नुभएको कामका सफलता प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईंको मनमा उत्साह थपिने छ ।

यो पनि
बुद्ध ध्यानमा हुँदा बच्चाहरूले के गरे ?



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे

प्रा.डा. गुरुप्रसाद सुवेदी भगवान शिव महाश्मशानका देवता हुन् । शिव एउटा तत्व हो । श्मशानघाटमा नै उहाँ बस्नुभएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको