English

इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई अब केन्द्रबाटै तलब



प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (लेखापाल र परिचर) ले संघीय सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिक पाएका छैनन् ।

आर्थिक वर्ष २०७८/७९ को बजेटको बुँदा नं २१६ मा इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम पारिश्रमिक १५ हजार दिनुपर्ने स्पष्ट व्यवस्था छ । सो व्यवस्थाअनुसार आठ हजार रूपैयाँ संघीय सरकारले र बाँकी सात हजार स्थानीय तह (पालिका) ले दिनुपर्छ ।

संघीय सरकारले आठ हजार तलब उपलब्ध गराउँदै आएपनि पालिकाहरूले भने अझै दिएका छैनन् । जसकारण इसीडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित छन् । इसीडी शिक्षक र विद्यालय कर्मचारीले संघीय सरकार आफैंले तलब दिनुपर्ने माग पनि राख्दै आएका छन् ।

यसका लागि उनीहरूले पटक-पटक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग भेटगरी ध्यानाकर्षण गराएका थिए । उनीहरूको सो मागलाई नेपाल शिक्षक महासंघले साथ दिएको छ । महासंघले सोमबार शिक्षामन्त्री देवेन्द्र पौडेलसँग भेटगरी ध्यानाकर्षण गराएको थियो ।

शिक्षा मन्त्रालय र महासंघबीच भएको सहमतिको बुँदा नंं.१४ मा आगामी आर्थिक वर्षबाट संघीय सरकारले नै इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब दिने उल्लेख छ । सो बुँदामा भनिएको छ, ‘आगामी आर्थिक वर्षबाट बालविकास शिक्षक तथा कर्मचारीको तलबभत्ता संघीय सरकारले नै दिने व्यवस्था मिलाउने ।’

ढिलै भएपनि मन्त्रालयको यो निर्णयलाई इसीडी शिक्षक र विद्यालय कर्मचारीले स्वागत गरेका छन् । सुनसरीस्थित इनरुवाकी इसीडी शिक्षक सोनु राना मगर भन्छिन्, ‘शिक्षक महासंघको पहलमा मन्त्रालयले गरेको यो निर्णय सुन्न पाउँदा हामी खुसी छौं । तर कार्यान्वयनमा शंका छ ।’

अर्की इसीडी शिक्षक राधा नेपालीले पनि मन्त्रालयको निर्णयलाई स्वागत गरेकी छिन् । ‘मन्त्रालयले ढिलै भएपनि इसीडी शिक्षक र विद्यालय कर्मचारीको माग सम्बोधन गरेको छ । हाम्रो यो माग सम्बोधन गर्न धेरै ढिला भइसकेको थियो । हामी आशावादी छौं । सरकार भएको महसुस गरेका छौं । कार्यान्वयन गरिनुपर्छ ।’

यो पनि
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच के भयो सहमति ?[पत्रसहित]



सम्बन्धित खबरहरु

लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सुदूर पूर्वी प्रवासी नेपाली संघ, हङकङले तेक्वान्दो खेलमा नवौं डान हासिल गर्न सफल तुलसी गुरुङ र हालै सगरमाथा आरोहणमा सफलता

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’जितेको छ। क्रिकेटका अत्यधिक दर्शक रहेको नेपाल आईसीसीले नेपाली क्रिकेटको डिजिटल

Latest










Popular
Suggested