English

युएईले नेपाललाई दियो १७६ रनको लक्ष्य



ओमानामा जारी आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सेमिफाइनलमा युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको गर्ने निर्णय लिएको युएईले ७ विकेट गुमाएर १७५ रन जोडेको हो ।

नेपालका लागि जितेन्द्र मुखियाले युएईका चिराग सुरीलाई ४ रनमा बोल्ड आउट गराएका थिए । यसैगरी, ७.३ ओभरमा सन्दिप लामिछानेको बलिङमा अरबिन्द आउट भएका थिए । युएईका लागि उनले २३ बलमा ४६ रन बनाएर खेलिरहेका अर्बिनले २३ बलमा ३ छक्का र ५ चौका प्रहार गरेका थिए ।

यसैगरी, १६.१ ओभरमा नेपालका लागि अभिनास बोहोराले विकेट लिएका हुन्। उनले युएईका मोहम्मद उस्मानलाई आउट गराएका हुन्। सोही ओभरमा बोहोराले मोहम्मद वासिमलाई आउट गराए । १७.१ ओभरमा जितेन्द्र मुखियाले अर्को विकेट लिए ।

त्यस्तै, १८ ओभरमा मुखियाको बलमा ज्ञानेन्द्र मल्लले जवार फरिडलाई आउट गराएका हुन् । १८.५ ओभरमा बोहोराकै बलिङमा सन्दिप लामिछानेले कासिफ दाउदलाई आउट गराएका थिए ।

युएईले दिएको टार्गेट पुरा गर्न सके नेपाल टी–२० विश्वकपमा स्थान पक्का गर्नेछ भने पराजित भएमा अक्टोबरमा अष्ट्रलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने सपना चकनाचुर हुनेछ ।

नेपालले यसअघि सन् २०१४ मा आईसीसी टी–२० विश्वकप खेलेको थियो । झण्डै ९ वर्षपछि नेपाललाई यो अवसर आएको हो । नेपालले सन् २०१२ मा युएईमा विश्वकप छनोट खेलेको थियो । त्यतिबेला छनोट हुन सकेन । यसैगरी, सन् २०१३ को विश्वकप छनोटमा भने नेपाल तेस्रो हुँदै सन् २०१४ मा विश्वकपमा पुगेको थियो ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।