English

सबैभन्दा धेरै माइलेज दिने सुजुकीको सेलेरियो कार सार्वजनिक



सुजुकी कम्पनीले ‘सुजुकी सेलेरियो’ कार सार्वजनिक गरेको छ । आज (मंगलबार) सिजी मोटोकर्पको ललितपुरका लागि आधिकारिक विक्रेता नारायणी अटो विजनेशमा सबैभन्दा धेरै इन्धन प्रभावकारी कार सलेरियोको नयाँ मोडल सार्वजनिक गरिएको हो ।

विजनेशकी अध्यक्ष निलम बराल र महाप्रवन्धक तथा प्रमुख कार्यकारी अधिकृत अनुपकुमार बरालले सेलेरियोको नयाँ स्वरुपलाई सार्वजनिक गरेका हुन् । कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै बरालले सेलेरियोको गुण र विशेषताका बारेमा जानकारी गराएका थिए ।

नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा लगायतका विशेषता रहेको बरालले जानकारी दिए । ‘सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो,’ उनले भने, ‘न्यु जेनेरेसन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेमा ढुक्क छौँ ।’

नयाँ सेलेरियोले थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनका साथै गतिशील स्ट्यान्स प्रदान गर्ने उनले बताए । साथै, स्टाइलिस थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने सिजी मोटोकर्प सेल्स एन्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तले जानकारी दिए ।

यसैगरी, नयाँ सेलेरियोलाई आरामका लागि ऊर्जावान् र फराकिलो केबिनको पनि डिजाइन गरिएको जनाइएको छ । स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्टुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई फरक अनुभूति दिन खोजेको छ । उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर, एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थिम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको कम्पनीले जनाएको छ ।

सुजुकीको एडभान्स हार्टटेक्ट प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ । त्यस्तै, सेलेरियोमा रमाइलो र आरामदायी यात्रा अनुभवका लागि सात इन्चको स्मार्ट प्ले स्टुडियो इन्फोटेनमेन्ट सिस्टमसमेत जडान गरिएको छ । यसका अतिरिक्त फस्र्ट इन सेगमेन्ट इन्जिन पुस स्टार्ट, पोलेन टाइप एसी फिल्टर जस्ता नयाँ सुविधाहरू पनि ल्याइएको जनाइएको छ ।

सेलेरियोको मूल्य २७ लाख ९९ हजारदेखि ३१ लाख ९९ हजार रुपियाँसम्म पर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेलेरिया भीएक्सआईको मूल्य २७ लाख ९९ हजार रुपियाँ छ । यस्तै, सेलेरियो जेटएक्सआईको मूल्य २९ लाख ९९ हजार र सेलेरियो जेटएक्सआई प्लसको मूल्य ३१ लाख ९९ हजार रुपियाँ तोकिएको छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।