English

बेस्सरी टाउको दुख्यो ? यस्ता छन् घरेलु उपाय



माइग्रेन एक प्रकारको गम्भीर टाउको दुखाइ हो, जसमा टाउकोको एक छेउ वा दुवै छेउमा कडा दुखाइ महसुस हुन्छ । यसका साथै आँखा वरिपरि अत्यधिक पीडा हुने गर्छ, जसका कारण आँखा खोलेर पनि हेर्न गाह्रो हुन्छ ।

माइग्रेनको पीडा यति तीव्र हुन्छ कि पीडितले केही गर्न सक्दैन । माइग्रेनमा आधा टाउको दुख्नुका साथै वाकवाकी, बान्ता र डराउने जस्ता समस्या पनि हुन सक्छन् । माइग्रेनका लक्षणहरूबाट राहत पाउन अपनाउनुपर्ने केही घरेलु उपायहरू यस्ता छन्।

लेभेन्डर तेल

लेभेन्डर फूलबाट बनेको तेलको सुगन्धले तनाव कम गर्छ र दुखाइबाट पनि राहत दिन्छ । ल्याभेन्डर तेलमा एन्टी–एन्जाइटी र एन्टी–डिप्रेसन्ट गुणहरू छन् जसले माइग्रेनको दुखाइलाई कम गर्न सक्छ ।

यो माइग्रेनको दुखाइ कम गर्न पनि धेरै प्रभावकारी साबित हुन सक्छ । १० देखि १२ मिनेटको लेभेन्डर तेल सुँघ्दा माइग्रेनबाट राहत पाउन सकिन्छ ।

अफिमको दाना

कडा टाउको दुखाइ वा माइग्रेनको दुखाइबाट राहत पाउनको लागि अफिमको दाना प्रभावकारी मानिन्छ । अफिमको शीतल प्रभावले पेटलाई आराम दिन्छ र शरीरको तापक्रम पनि सन्तुलित हुन्छ ।

एसीडीटी वा पाचनसम्बन्धी कुनै समस्याका कारण हुने माइग्रेनबाट आराम पाउनको लागि अफिम र ड्राईफ्रुटलाई बराबर मात्रामा मिसाएर दूधमा खीर बनाएर खान सकिन्छ ।

ल्वाङ

ल्वाङमा एन्टिअक्सिडेन्ट र दुखाइ कम गर्ने गुण भएकाले ल्वाङको माइग्रेनजको दुखाइमा ल्वाङको प्रयोग गर्न सकिन्छ । ल्वाङले चिसो र टाउको दुखाइजस्ता मौसमी रोगबाट छुटकारा पाउन सकिन्छ ।

माइग्रेनको दुखाइ हुँदा ल्वाङको चिया बनाएर पिउन सकिन्छ । त्यसैगरी, ल्वाङ्गलाई दूधमा उमालेर पिउनाले पनि टाउको दुख्ने समस्यामा आराम मिल्छ ।

यो पनि
सफलता पाउन के गर्ने ?



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।