English

सफलता पाउन के गर्ने ?



एकादेशमा प्रतापी राजा थिए । एक दिन विदेशी पाहुना उनको दरबारमा आएर सुन्दर ढुंगा उपहार दिए । त्यो ढुंगा देखेर राजा निकै खुसी भए ।

उनले त्यही ढुंगाबाट भगवान विष्णुको मूर्ति बनाएर प्रदेशको मन्दिरमा स्थापना गर्ने निर्णय गरे । मूर्ति निर्माणको जिम्मा प्रदेश महासचिवलाई दिए ।

महामन्त्रीले उत्कृष्ट मूर्तिकार कहाँ गएर ढुंगा दिएर भने, ‘महाराज मन्दिरमा विष्णुको मूर्ति स्थापना गर्न चाहन्छन् । सात दिनभित्र यो ढुंगाबाट भगवान् विष्णुको मूर्ति तयार गरी दरबारमा ल्याउनुहोला । यसका लागि तपाईंले ५० सुनको सिक्का पाउनुहुनेछ ।’

त्यो सुनेर मूर्तिकार खुसी भए । मूर्ति बनाउन थाले । हथौडा निकाले । ढुंगामा हथौडाले प्रहार गर्न थाल्यो । तर ढुंगा उस्तै रह्यो । मूर्तिकारले धेरै हथौडा प्रहार गरे । तर ढुंगा फुटेन । मूर्तिकारले अन्तिम प्रयास गर्ने उद्देश्यले हथौडा उठाए तर पचास पटक प्रहार गर्दा पनि ढुंगा भाँचेन भने अब के भाँचिन्छ भन्ने सोचेर छाडिदिए ।

त्यो ढुंगा लिएर महासचिवलाई भेट्न गए । ढुंगा भाँच्न असम्भव रहेको भन्दै फिर्ता गरे । महासचिवले जुनसुकै अवस्थामा पनि राजाको आदेश पूरा गर्नु र्ने थियो । त्यसपछि उनले विष्णुको मूर्ति बनाउने जिम्मा गाउँका एक साधारण मूर्तिकारलाई दिए ।

ढुंगा लिएर महासचिवकै अगाडि मूर्तिकारले हथौडा प्रहार गरे । एकैपटकमा ढुंगा फुट्यो । त्यसलाई कुँदेर मूर्ति बनाउन थाले । महासचिव सोच्न थाले कि यदि पहिलो मूर्तिकारले अन्तिम प्रयास गरेको भए ऊ सफल हुन्थ्यो र ५० सुनको सिक्काको हकदार हुन्थ्यो ।

यदि तपाईं पनि जीवनमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने बारम्बार असफल भए पनि प्रयास गर्न छाड्नु हुँदैन । जुन प्रयास गर्नुअघि हामीले हात झिक्छौं त्यो अन्तिम प्रयास हुनसक्छ । त्यसपछि सफलता मिल्नसक्छ ।

यो पनि
हिँड्नुका फाइदा



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।