English

क्यानडाविरुद्ध नेपाल ८ विकेटले विजयी



आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडालाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रन बनाएको थियो । नेपालले २ विकेट खर्चेर १४‍.१ ओभरमै उक्त लक्ष्य हासिल गरेकाे हाे ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले नटआउट ३४ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट २७ रन जोडे । नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेख १७ रनमा आउट हुँदा कुशल मल्ल गोल्डेन डकआउट भएका थिए ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा क्यानडालाई जितेसँगै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ ।समूह ‘बी’बाट समूह विजेता बनेको नेपालले अब फाइनलमा प्रवेश गर्नका लागि युएईसँग खेल्नेछ । युएई समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको हो ।

नेपालले क्यानडासामू उत्कृष्ट प्रदर्शन गरेकाे थियाे । पहिलो ओभरमै कमलसिंह ऐरीले क्यानडाका म्याथ्यु स्पोर्सलाई खाता खोल्ने मौका नै नदिई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए । यसैगरी, पाँचौ ओभरमा ऐरीले नै नवजीत धालिवाललाई १८ रनको स्कोरमा लोकश बमबाट क्याच आउट गराएका थिए । साथै, सोही ओभरमा अविनाश बोहराले रविन्दर पाललाई आशिफ सेखबाट क्याचआउट गराए ।

त्यस्तै, सातौं ओभरमा सन्दीप लामिछानेले हम्जा तारिकलाई १ रनमा एलबिडल्लूको धरापमा पारेका थिए । नवौं ओभरमा करिम सनालाई पनि सन्दीपले नै कुशल मल्लबाट क्याच गराए ।कप्तान सन्दीपले व्यक्तिगत ३ विकेट लिने क्रममा एघारौं ओभरमा जुनइद सिद्धिकीलाई २ रनमा आरिफ शेखबाट क्याच गराए। अभिनासले अन्तिम विकेटको रुपमा सलमान नजरलाई १० रनमा आउट गरेका थिए ।

नेपालले समूहको पहिलो खेलमा घरेलु टिम ओमानमाथि ३९ रनको जित निकालेको थियो । त्यस्तै, दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनको फराकिलो अन्तरले हराएकाे थियो । अब दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुनेछ । समूह ‘बी’ मा क्यानडा बाहिरिँदा फिलिपिन्समाथि १० विकेटको जितसँगै ओमान ४ अंकसहित उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।

आयरल्याण्ड समूह ‘ए’ बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । दुवै सेमिफाइनल खेल मंगलबार हुनेछ । एकै समयमा हुने खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजेपछि सुरु हुनेछ । 



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्