English

गाईपालनले बढायो आत्मविश्वास



एक वर्ष पहिलेसम्म गोठको काम गर्नुपर्दा दिक्क र झन्झट मान्ने गल्याङकी टीकाकुमारी रानाको आजभोलि सोच मात्रै होइन जीवनशैली नै फेरिएको छ । उनी बिहान ४ बजेअघि नै गोठमा रहेका बस्तुभाउको साथी बन्न पुग्छिन् । छिमेकीले बाहिरको बत्ती बाल्दा उनले दूध दुहिसक्छिन् ।

३० वर्षको उमेरमा नै पालिकाको नमुना पशुपालक कृषक बनेकी टीकाकुमारीका श्रीमान् साउदीमा छन् । एक छोरा र एक छोरी सम्हाल्दै उनी गोठको काम गर्ने समय निकाल्छन् । गोठको काम गर्न उत्साहित हुनुको मुख्य कारण गल्याङ नगरपालिकाले दूधमा दिएको अनुदान पनि हो । पालिकाले प्रतिलिटर १५ रुपियाँ अनुदान दिने गरेको छ । सानो रकम भए पनि उनले ६ महिनाको अवधिमा मात्रै २ लाख ४० हजार ८ सय ५९ रुपियाँ अनुदान हात पारिन् ।

श्रीमानले विदेशबाट पठाएको पैसा घर खर्चमा नै सकिन थाल्यो त्यसपछि गाउँमै केही गर्ने सोच बनाएकी हु, एक वर्षअघि दुईवटा गाईबाट शुरु भएको व्यवसायमा अहिलेसम्म २० लाख रुपियाँ लगानी भइसकेको छ ।

६ वटा गाई र दुईवटा भैंसी पालेर दैनिक १ सय ४० देखि १ सय ५० लिटर दूध घर निजिकैको सहकारीमा पुर्याउँछिन् । छोरी हर्षिकाको नाममा हर्षिका गाई फर्म नै दर्ता गरिसकेकी टीकाको फार्ममा गल्याङ बजारबाट ३० मिनेटमा पुग्न सकिन्छ । गाई पकेट लागत साझेदारी कार्यक्रमअन्तर्गत दुईवटा गाई खरिद गरेबापत ४२ हजार रुपियाँ अनुदान पाएपछि रानाको बुझाइ छ काम गर्छु भन्यो भने सबैतिरबाट सहयोग पाइने रहेछ ।

‘श्रीमानले विदेशबाट पठाएको पैसा घर खर्चमा नै सकिन थाल्यो त्यसपछि गाउँमै केही गर्ने सोच बनाएकी हु’, टीका भन्छिन्– ‘एक वर्षअघि दुईवटा गाईबाट शुरु भएको व्यवसायमा अहिलेसम्म २० लाख रुपियाँ लगानी भइसकेको छ ।’ आफ्नै जग्गा भएका कारण उनलाई गाईपालन गर्न जमिनमा खर्च गर्नु परेन । अहिले अरू खर्च जस्तै गाईभैंसीका लागि आहारलगायतको खर्च कटाएर मासिक ७० देखि ८० हजार रुपियाँसम्म वचत गर्ने गरेको उनको भनाइ छ ।

आफूले घर खर्च चलाउन सके विदेशमा श्रीमानले कमाएको वचत गर्न सकिन्थ्यो कि भनेर गाईभैंसी पाल्ने सोचेकी थिइन् टीकाकुमारीले । आफूबाहेक एक जनालाई रोजगारसमेत दिएकी टीकाकुमारी कामप्रति निकै उत्साहित छिन् ।

टीकाकुमारी मात्रै होइन गल्याङ नगरपालिकाका धेरै पशुपालक कृषक अहिले निकै उत्साहित छन् । सेतो शहर गराउने नगरपालिकाले लिएको अभियानलाई यहाँका नागरिकले खुलेर साथ दिएका छन् । पछिल्लो समय दूधको उत्पादन बढेको छ भने नगरपालिकाले नै उत्पादन भएको दूध बेच्नका लागि पोखरा र बुटवलमा व्यवस्था गरिदिएको छ ।

अनुदान कार्यक्रमबाट १ हजार १ सय ७९ जना किसान लाभान्वित भएका छन् ।

नगरप्रमुख भूपराज अधिकारीले दूधमा दिइएको अनुदानले पशुपालक कृषक उत्साहित भएको बताए । उनले भने– ‘अनुदान कार्यक्रमबाट १ हजार १ सय ७९ जना किसान लाभान्वित भएका छन् ।’

गल्याङ नगरपालिकाले नगरभित्रका दूध उत्पादक कृषकलाई प्रोत्साहन स्वरूप झण्डै ७९ लाख रुपियाँ अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष ०७७/७८ मा नगरभित्रका विभिन्न वडामा रहेका समूह, सहकारी, संकलन केन्द्रमार्फत दूध बिक्री गरेबापत कृषकलाई नगरपालिकाले प्रतिलिटर १५ का दरले ७८ लाख ९९ हजार ९ सय २० रुपियाँ अनुदान उपलब्ध गराएको पशु विकास शाखा प्रमुख सुशील अर्यालले बताए ।

नगरपालिकाका अनुसार नगरका विभिन्न वडामा ८ सय २१ पुरुष र ३ सय ५८ महिला गरी कूल १ हजार १ सय ७९ जना कृषकलाई अनुदान वितरण गरिएको हो ।

नगरपालिकाले समूह, सहकारी तथा संकलन केन्द्रहरूमा आबद्ध भएका कृषकहरूसँग सम्झौता गरी कार्यक्रम अगाडि बढाएको छ । कृषकहरूले संस्थामार्फत दूध बिक्री गर्ने र बिक्री भएको दूधका आधारमा प्रतिलिटर १५ रुपियाँका दरले कृषकलाई संकलन केन्द्रमार्फत नै एकमुस्ट अनुदान उपलब्ध गराउने गरेको नगरप्रमुख अधिकारीले बताए ।

दूध उत्पादक कृषकलाई नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ बाट उत्पादनमा प्रतिलिटिर १५ रुपियाँ अनुदान दिन शुरु गरेको हो । दुग्ध विकास संस्थानले निर्धारण गरेबमोजिमको मूल्यमा संकलन केन्द्रमा दूध उपलब्ध गराउने कृषकलाई मात्रै नगरपालिकाले अनुदान दिने गरेको जनाएको छ ।

यहाँ उत्पादन भएको दूध संकलन केन्द्रमार्फत बुटवलस्थित दुग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीमा र केही गल्याङ तथा स्थानीय बजारमा खपत हुने गरेको शाखा प्रमुख अर्यालले बताए ।

नगरपालिकाले सेतो शहर बनाउने योजना अनुसार दीर्घकालीन नीति नै बनाएको छ । नगरसभाबाट सेतो शहरको अवधारणा तय गर्दै पालिकाले दूध तथा दूधजन्य उत्पादन तयार गर्ने लक्ष्य राखेको छ । अहिले दैनिक १ हजार ५ सय लिटर हिउँदमा र अरू समयमा ३२ देखि ३५ सय लिटर दूध उत्पादन हुने पशु शाखाका प्रमुख अर्यालले बताए ।

पशुपालक कृषकका लागि विभिन्न आकर्षक नीतिसमेत तय गरेको छ । दूधलाई विविधीकरण गर्दै पनिर, बटरलगायतका सामग्री बनाउने नगरको योजना रहेको छ ।

त्यस्तै, नगरपालिकाले अनुदान, पशुधन बीमा तथा लागत साझेदारीका कार्यक्रम अगाडि बढाएको छ । पालिकाले गत आर्थिक वर्षमा पशु सुरक्षण बीमाका लागि २० लाख रुपियाँ अनुदान दिएको थियो जसमा १ हजार २ सय ५ जना कृषक लाभान्वित भएका थिए ।

कृषकलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्नका लागि नगरस्थित बैंक तथा सहकारी संस्थाहरूसँग समन्वय गरी कृषि कर्जामा चार प्रतिशत ब्याजदरमा अनुदान उपलब्ध गराएको थियो ।

ब्याज अनुदानमा नगरपालिकाले गत आवमा १५ लाख विनियोजन गरेको थियो । उक्त ऋणमा प्रत्यक्ष २ सय ८१ जना लाभान्वित भएका थिए । गल्याङ नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउँदै कृषकको आर्थिकस्तर उकास्नका लागि पशुपालनमा जोड दिएको नगरप्रमुख भूपराज अधिकारीले बताए ।

यो पनि
मामा-भान्जाकाे कृषि फार्म, युवालाई हाैसला
मलेसियामा डेढ करोड सिध्याएका नरबहादुरलाई च्याउखेतीले बनायो करोडपति



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्