English

१७ खर्ब २८ अर्ब पुग्यो सरकारी ऋण

आन्तरिक ऋणमा ०.७८ प्रतिशतले वृद्धि


पुस मसान्तसम्ममा कुल सरकारी ऋण १७ खर्ब २८ अर्ब ९३ करोड पुगेको छ । यस रकममध्ये बाह्य ऋण ९ खर्ब ४८ अर्ब ९८ करोड र आन्तरिक ऋण ७ खर्ब ७९ अर्ब ९४ करोड रहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/०७९ को छ महिनामा नेपाल सरकारको कुल कर्जा शून्य दशमलव ३३ प्रतिशतले बढेको छ । विदेशी ऋण भने ०.०३ प्रतिशतले घटेको छ ।

विदेशी ऋण अमेरिकी डलर उतावचढाव भएका कारणले घटेको हो । त्यस्तै, आन्तरिक ऋण भने ०.७८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ६ अर्ब रुपैयाँ वृद्धि भएको छ भने बाह्य ऋणको स्थिति २४ करोड ८३ लाख ९० हजारले घटेको छ ।

विनिमय दरमा भएको उतारचढावले चालु त्रैमासिकमा १६ अर्ब ४७ करोड रुपैयाँको विनिमय लाभ भएको छ जसले गर्दा बक्यौता कर्जाको स्थितिमा कमी आएको छ ।

त्यसैगरी, आर्थिक वर्ष ०७८/७९ को पुस मसान्तसम्ममा कुल ऋणसँग जीडीपी (कुल ग्राहस्थ उत्पादन) अनुपात ४०.५३ प्रतिशत रहेको छ भने बाह्य ऋणसँग जीडीपी अनुपात १८.२८ प्रतिशत र आन्तरिक ऋणसँग जीडीपी अनुपात २२.२४ प्रतिशत रहेको छ।

त्यस्तै, आर्थिक वर्ष ०७८/७९ को दोस्रो त्रैमासमा कुल कर्जा प्राप्ति २९ अर्ब १७ करोड रुपैयाँ रहेको छ जसमा २३ अर्ब १७ करोड रुपैयाँ बाह्य स्रोतबाट र ६ अर्ब रुपैयाँ आन्तरिक स्रोतबाट प्राप्त भएको छ ।

वैदेशिक ऋणमध्ये ८७.३७ प्रतिशत अर्थात् २० अर्ब २४ करोड रुपैयाँ बहुपक्षीय स्रोतबाट र बाँकी १२.६३ प्रतिशत अर्थात् २.९२ प्रतिशत द्विपक्षीय स्रोतबाट प्राप्त भएको छ । यो त्रैमासमा कुल आन्तरिक ऋण ६ अर्ब रुपैयाँ ट्रेजरी बिलको नयाँ निष्कासनबाट प्राप्त भएको छ ।

यो पनि
क्रिप्टोकरेन्सी कारोबारमा नलाग्न राष्ट्र बैंकको आग्रह
राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच भयो यस्तो समझदारी



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।