English

गाउँ-गाउँमा बढ्यो चुनावी गतिविधि



स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै राजनीतिक दलका गतिविधि गाउँ केन्द्रित भएका छन् । ठूला मात्रै नभएर साना राजनीतिक दलले समेत वडा तहमै आफ्ना पार्टीका गतिविधि अगाडि बढाएका छन् ।

राष्ट्रिय राजनीतिका मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस, नेकपा (एमाले),नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाले समेत गतिविधि बढाउँदै लगेका छन् ।

संघीय सरकारका सत्ता साझेदार दलले आआफ्नै ढङ्गले पार्टीका गतिविधि अगाडि बढाएका छन् । प्रमुख प्रतिपक्षदल एमालेले अहिले वडा तहमै भेला र बैठक गरिरहेको छ । जिल्ला अधिवेशन सकेर सङ्गठन विस्तार अभियानमा रहेका ठूला दल चुनाव केन्द्रित हुँदै आएका हुन् ।

बाग्लुङमा जिल्ला अधिवेशनपछि तातेको कांग्रेसले पार्टी कार्यालय निर्माण, ५० लाखको कार्यालय व्यवस्थापन कोष अभियानलाई तीव्रता दिएको कांग्रेस बागलुङका सभापति जित शेरचनले जानकारी दिए ।

उनले कांग्रेस वडा तहमै आफ्नो निर्वाचन केन्द्रित अभियान, सङ्गठन विस्तारसँगै पार्टी कार्यालय बनाउनका लागि सहयोग सङ्कलन अभियान चलाइरहेको जानकारी दिए ।

‘सत्ता गठबन्धनका विषयमा समेत छलफल भइरहेको छ, तर गाउँमा अहिले आ-आफ्नै ढङ्गले चुनावी अभियन केन्द्रितसमेत भएका छौँ, सँगसँगै जिल्लाको पार्टी कार्यालय बनाउनका लागि सहयोग सङ्कलन र भेटघाटलाई तीव्रता दिँदै आएका छौँ’, सभापति शेरचनले भने, ‘निर्वाचनमा कांग्रेसले जनताको मन जित्ने गरी अहिले गाउँ, वडादेखि टोलसम्मै पार्टीका गतिविधि बढाइरहेका छौँ ।’

उनका अनुसार टोलमै पुगेर निर्वाचन लक्षित समिति गठन गर्दै चुनावी अभियानलाई तीव्रता दिएको छ । एमालेले जिल्ला अधिवेशन, जिल्ला कमिटी बैठक सकेर पालिका हुँदै वडामा पुगेको एमाले प्रचार विभाग प्रमुख चन्द्र गणेश पौडेलले जानकारी दिए ।

स्थानीय तहको निर्वाचन मिति तोकेलगत्तै उत्साहित बनेको एमाले र निर्वाचित जनप्रतिनिधि अहिले गाउँमा भेला, बैठक तथा सङ्गठन विस्तार अभियानमा लागि परेका छन्’, उनले भने, ‘अहिले एमाले कसरी आफूले निर्वाचनमा विजयी हुने भन्ने रणनीतिक योजनाका साथ गाउँ पसेको छ, अहिलेसम्म बरेङ गाउँपालिका अधिवेशनबाहेका नौ वटा स्थानीय तह र सबै वडा अधिवेशन सकेर एमाले गाउँगाउँमा पुगेको छ ।’

स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै राजनीतिक दलका गतिविधि गाउँ केन्द्रित भएका छन् । ठूला मात्रै नभएर साना राजनीतिक दलले समेत वडा तहमै आफ्ना पार्टीका गतिविधि अगाडि बढाएका छन् ।

अहिले सत्ता साझेदारी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धनलाई स्थानीय तहको निर्वाचनसम्मै लैजानका लागि दलीय भेटघाट बढाएका छन् भने छुट्टाछुट्टै रूपमा गाउँमा आफ्ना गतिविधिसमेत बढाउँदै लगेको देखिन्छ ।

यस्तै गठबन्धनलाई स्थानीय तहमा कायम गरेर लैजानै अथवा अन्य विकल्प खोज्ने विषयमा गठबन्धनसँग र एमालेसँग भेटवार्ता बढाइरहेको र माओवादी केन्द्रले आफ्नो ढङ्गले गाउँकेन्द्रित अभियान चलाइरहेको माओवादी केन्द्र बाग्लुङ नगर कमिटीका सचिव राजु खड्काले जानकारी दिए ।

माओवादीले बाग्लुङ नगरपालिकाका सबै वडा र टोलमा यही फागुन १४ सम्म भेला गरी सक्ने गरी प्रतिनिधि खटाएको जनाएको छ । राष्ट्रिय जनमोर्चाले समेत पार्टीका गतिविधिलाई सक्रिय बनाएको छ ।

सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेसँगै अब स्थानीय तह जनप्रतिनिधिविहीन नहुने काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताए । उनले स्थानीय तह पुनः जनप्रतिनिधिविहीन हुने अवस्थाको अन्त्य भएको र स्थानीय राजनीतिक दल निर्वाचन केन्द्रित भएको जानकारी दिए ।

जिल्लामा जनप्रतिनिधिसँगै राजनीतिक दल र आमजनतामा निर्वाचनको मिति घोषणाले उत्साह छाएको छ । पुनः स्थानीय तहको सत्ता कर्मचारीकै हातमा पुग्ने होकी भन्ने पिरलो स्थानीय तहको निर्वाचन मिति घोषणसँगै हटेर गएको जिल्लाका नेताहरूले बताएका छन् ।

जिल्लाका राजनीतिक दलले आफ्नो पालिकादेखि वडासम्मै जिम्मेवारी बाँडफाँट विभिन्न विभाग, फाँट, वडागतरूपमा भौगोलिक जिम्मेवारी दिएर पार्टीलाई निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेका छन् ।

यो पनि
स्थानीय चुनावका लागि के-के तयारी गर्दैछ निर्वाचन आ
योग ?



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन