यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य [सूची]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज फागुन ९ गते सोमबार एक किलोग्राम गोलभेंडाको मूल्य ७५ रूपैयाँ तोकिएको छ ।
एक किलोग्राम रातो आलुको मूल्य २६ रूपैयाँ ३३ पैसा तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ६६ रूपैयाँ छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य २७ रूपैयाँ ६७ पैसा तोकिएको समितिले जनाएको छ । एक किलोग्राम काउलीको ४५ मूल्य, रातो मूला ४५ रूपैयाँ, सेतो मूला १७ रूपैयाँ ६७ पैसा, भन्टा ६५, मटरकोशा ८५ रूपैयाँ तोकिएको छ ।
त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ११५ रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १३५ रूपैयाँ तोकिएको छ भने एक किलोग्राम कालो अंगुरको मूल्य २२५ तोक्दा हरियो अंगुरको मूल्य १०५ रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम कागतीको मूल्य ११५ रूपैयाँ तोकिएको छ ।



यो पनि
हिँड्नुका फाइदा