English

हिँड्नुका फाइदा



शरीरलाई तन्दुरुस्त राख्न र रोगहरूबाट जोगाउन नियमित हिँड्नु महत्त्वपूर्ण छ । नियमित हिँड्नु पनि उच्च स्तरको व्यायाम हो । तपाईं दैनिक हिँड्दै हुनुहुन्छ भने कुन समयमा शरीरलाई व्यायाम गर्दा सबैभन्दा बढी फाइदा पुग्छ भन्ने थाहा हुनुपर्छ ।

जाडोको हटिसकेको छैन । यस्तो अवस्थामा हिँड्ने नियम पनि परिवर्तन हुन आवश्यक छ । धेरै अनुसन्धानमा बिहान व्यायाम गर्दा सबैभन्दा बढी फाइदा हुन्छ । यसले तपाईंलाई दिनभर ऊर्जावान राख्छ र दिमागलाई पनि सक्रिय बनाउँछ ।

फाइदा
–शरीरको तापक्रम सामान्य राख्न धेरै पानी पिउनुहोस् । त्यसैले हिँड्नुअघि र पछि एक गिलास पानी पिउनुहोस् ।
–हिँड्नको लागि शान्त ठाउँ छान्नुहोस् । जहाँ हरियाली, वरपरको प्राकृतिक सौन्दर्य (बगैंचा) वा खुला ठाउँ होस् ।
–मुटु रोगी, उच्च रक्तचाप वा अन्य कुनै समस्या भएका व्यक्तिले हिँड्नुअघि चिकित्सकसँग परामर्श लिनुपर्छ । चिकित्सकका अनुसार बिहान नसामा रक्तसञ्चार कम हुने भएकाले दौडने वा कडा व्यायाम गर्दा हृदयाघातसमेत हुनसक्छ ।
–हिँड्दा सुरु र अन्त्यमा सधैं ढिलो गति राख्नुहोस् । यसबाट थाकेको महसुस हुँदैन ।
–हिँड्नका लागि आरामदायी जुत्ता हुनुपर्छ ताकि कुनै असुविधा नहोस् । जुत्ता धेरै टाइट हुनुहुँदैन।
–हिँड्नुअघि वार्म अप गर्नुहोस् । यसले मांसपेशीमा रक्तसञ्चार बढाउँछ । मांसपेशीमा चोट लाग्ने जोखिमलाई पनि कम गर्छ ।

ध्यानमा राख्नुहोस्
–घाम उदाएपछि मात्रै घरबाट निस्कनुहोस् ।
–बिहान कुहिरो लागेमा हिँड्न नजानुहोस् ।
–जाडो याम भए शरीर पूरै ढाक्ने, कान छोप्ने कपडा लगाउनुहोस् ।
–हिँड्दा साना बालबालिकालाई साथमा नलिनुहोस् ।
–यदि पहिलोपटक हिँड्न जाँदै हुनुहुन्छ भने १५ मिनेटभन्दा बढी नहिँड्नुहोस् ।
–मोटोपनाबाट ग्रसित व्यक्तिहरूले बिहानको हिँडाइबाट टाढा रहनुपर्छ
मुटुको समस्या भएका व्यक्तिले बिहानै हिँड्नु हुँदैन ।

यो पनि
दैनिक उसिनेको अण्डा खानुको फाइदा



सम्बन्धित खबरहरु

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड