English

पानीकै कारण फेरियो जीवन



तेह्रथुम जिल्लाको छथर गाउँपालिका-६ का घनश्याम ढकाललाई केही वर्ष अघिसम्म खानेपानी जोहो गर्न सकस हुँदै आएको थियो । पशुचौपया र सिँचाइको कुरै भएन । करेसाबारीमा तरकारी उत्पादन हुँदैन थियो । नजिकै रहेको शुक्रबारे बजारबाट तरकारी किनेर खानुको विकल्प नै थिएन । तर अहिले अवस्था फेरिएको छ ।

उनले यतिखेर आफ्नै करेसाबासीमा तरकारी उत्पादन गरी बिक्रीसमेत गर्दै आएका छन् । खानेपानीकै अभाव भएको बस्तीहरूमा प्लाष्टिक पोखरीमा बर्खामा पानी जोहो गरी हिउँदमा सिँचाइ गर्न थालेपछि अवस्था फेरिएको हो ।

ढकाल बर्खामा परेको पानी यही पोखरीमा संकलन गर्ने गरेका छन् र हिउँदमा तरकारी, फलफूलमा सिँचाइ गर्दै आएका छन् । ‘पानीको मुहान सुक्दै जाँदा खानेपानीकै समस्या थियो तर स्थानीय सरकारले अनुदानमा प्लाष्टिक पोखरी दिएपछि सिँचाइ गर्न ठूलो राहत बनेको छ’, उनले भने ।

ढकाल भन्छन्, ‘हामीले खानेपानी नै समस्या थियो तरकारीमा सिँचाइ गर्न त झन परैको कुरा तरकारी किनेरै खानु पर्थ्र्यो तर हामी अहिले तरकारी बेच्न थालेका छौ ।’ ढकाल जस्तै गुमान सिंह कार्कीले प्लाष्टिक पोखरीमा पानी जोहो गरी तरकारीमा सिँचाइ गर्दै आएका छन् ।

करेसाबासीमा अकबरे, आलु, प्याज, लसुन लगायतका तरकारी खेती गर्दै आएक छन् । गाउँमा रहेका निक्कै प्रसिद्ध धारा तथा कुवाहरू सुक्ने क्रम दिनानु दिन बढ्दो छ । तेह्रथुम जिल्लाको खासगरी सुख्खाग्रस्त क्षेत्रमापानीको मुहान सुक्दै गएपपछि खानेपानीको समस्या झेल्दै आएका छन् नागरिकहरू । स्थानीय सरकारको पहलमा सञ्चालन भएका खानेपानी आयोजनाले मानिसले खान टरेपनि बस्तुभाउ र सिँचाइका लागि भने समस्या भइरहेको बेला यहाँका किसानहरूले नयाँजुक्ति निकालेका हुन् ।

पानीकै अभावका कारण सिँचाइ गर्न नसक्दा तरकारी किनेर खाने यहाँका किसानहरू अहिले तरकारी बिक्रीबाटै मनग्य आम्दानी लिन थालेका छन् । गाउँका प्रायःजसो घरमा प्लाष्टिक पोखरी बनाएका छन् । पानी पर्दा घरको छतबाट झर्ने पानी पाइपबाट पोखरीमा संकलन गर्ने गरेका छन् । हिउँदे बालीका लागि पानी नभए पनि वर्षाद्को पानी संकलन गरी सिँचाइ सकिने यहाँका किसानले उदाहरण दिएका छन् ।

पानीकै अभावका कारण सिँचाइ गर्न नसक्दा तरकारी किनेर खाने यहाँका किसानहरू अहिले तरकारी बिक्रीबाटै मनग्य आम्दानी लिन थालेका छन् ।

सुख्खाग्रस्त क्षेत्रका किसानहरूलाई लक्षित गरी कार्यक्रम ल्याइएको छथर गाउँपालिकाअध्यक्ष सन्तोष तिगेलाले बताए । स्थानीय सरकार गठन भएदेखि नै नागरिकहरूका समस्यालाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको तिगेलाको भनाइ छ ।

गाउँपालिकाले कृषकको साझेदारीमा पोखरी अनुदानमा प्रदान गर्दै आएको कृषी शाखा प्रमुख छथर हिमबहादुर थापाले बताए । किसानलाई समय समयमा तरकारी तथा फलफू खेतीसम्बन्धी विभिन्न कार्यक्रमहरूका साथै सल्लाह र परामर्श दिँदै आएको प्रमुख थापाको भनाइ छ । जिल्लाको खासगरी पश्चिमी क्षेत्रमा प्लाष्टिक पोखरी प्रभावकारी बन्दै गएको छ । आङदिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे र सुदाप लगायतका गाउँहरूमा पोखरी बनाई किसानले सिँचाइ गर्दै आएका छन् ।

यो पनि
साहुले ऋण नपत्याउँदा फेरियो जीवन



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।