साल्मेले देखाएको पर्यटकीय सम्भावना
वि विल राइज फाउण्डेशनद्वारा गोरखा स्मारकलाई २ लाख सहयोग
साल्मे डाँडाका लागि पदयात्रा अर्थात ‘हाइक फर साल्मे डाँडा’ सम्पन्न भएको छ । वि विल राइज फाउण्डेसन नेपाल र पोखरेली मञ्च युकेको संयुक्त आयोजनामा आइतबार उक्त पदयात्रा सम्पन्न भएको हो ।

पदयात्रा बिहान ९ बजे पोखरास्थित मटिखान टावरबाट सुरु भएको थियो । करिव ६० जना यात्रूलाई मटिखानस्थित जेन्टलमेन युथ क्लवका युवा, जनजागृति आमा समूहका महिलाले फूलमाला, खादा र पञ्चेबाजासहित स्वागत गरेका थिए ।
पदयात्रामा अभिनेत्री करिश्मा मानन्धर, गायिका सुनिता दुलाल, कीर्तिमान आरोही फूर्वा तेन्जिङ शेर्पालगायतका चर्चित व्यक्तिहरु सहभागि थिए ।

यसैगरी, यात्राका क्रममा स्याङ्जा रामटीस्थित न्यू चण्डी कालिका इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले भव्य स्वागत गरे । त्यसपछि रामकोट होम स्टेमा पैदलयात्रुहरुले खानपिन गरेपछि साल्मेडाँडा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । पैदलयात्रामा सहभागि सबैले साल्मेमा निर्माणाधिन गोर्खा स्मारक पार्कको समेत अवलोकन गरे ।

नेपालका कुना काप्चाका ठाउँलाई हामीले यसैगरी चिनाउने हो, आज साल्मेमा निर्माणाधिन गोरखा स्मारक पार्क देख्दा साह्रै खुशी लाग्यो । यसलाई पर्यटकीय केन्द्र बनाउनका लागि मेरो व्यक्तिगत र वि विल राइज फाउण्डेसनको तर्फबाट सक्यो सहयोग गर्नेछु ।
पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङ, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष खड्ग रानाभाट, गोरखा स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर गुरुङ, महासचिव डा. चन्द्र गुरुङलगायतको उपस्थिति थियो ।

कार्यक्रममा अभिनेत्री मानन्धरले पर्यटन प्रवद्र्धन गर्ने कर्ममा संलग्न हुन पाउँदा खुशी लागेको बताइन् । ‘नेपालका कुना काप्चाका ठाउँलाई हामीले यसैगरी चिनाउने हो,’ उनले भनिन्, ‘आज साल्मेमा निर्माणाधिन गोरखा स्मारक पार्क देख्दा साह्रै खुशी लाग्यो । यसलाई पर्यटकीय केन्द्र बनाउनका लागि मेरो व्यक्तिगत र वि विल राइज फाउण्डेसनको तर्फबाट सक्यो सहयोग गर्नेछु ।’
हङहङ, बेलायतलगायतका देशमा ‘हाइक फर नेपाल’ का माध्यमबाट नेपाल चिनाउनेदेखि साल्मे डाँडासम्म हामी सँगै छौं ।

यसैगरी, गायिका सुनिता दुलालले कुनैपनि देश समृद्ध बन्नका लागि पर्यटनलाई प्रवद्र्धन गनुपर्नेमा जोड दिइन् । ‘वि विल राइज फाउण्डेशन र पोखरेली मञ्च युकेले विगतका दिनमा नेपाललाई विश्वसामु चिनाउन होस् या नेपालको पर्यटन प्रवद्र्धन गर्न होस् सँगै सहयात्रा गर्दै आएका छौं,’ फाउण्डेसनको निर्देशक (पब्लिक रिलेसन राष्ट्रिय अन्तराष्ट्रिय)समेत रहेकी दुलालले भनिन्, ‘हङहङ, बेलायतलगायतका देशमा ‘हाइक फर नेपाल’ का माध्यमबाट नेपाल चिनाउनेदेखि साल्मे डाँडासम्म हामी सँगै छौं ।’ कार्यक्रममा दुलालले गोर्खा भूतपूर्व सैनिक संघको (गेसो)को अगुवाइमा निर्माणाधिन स्मारकका लागि फाउण्डेशनको तर्फबाट २ लाख रुपियाँ आर्थिक सहयोगको समेत घोषणा गरेकी छन् ।

त्यस्तै, परिषद्का सदस्य सचिव तेजले पर्यटन प्रवद्र्धनलाई केन्द्रमा राखेर उदाहरणीय काम गरेका भन्दै आयोजक संस्थालाई धन्यवाद दिए । साथै, कुभिण्डे भञ्ज्याङदेखि साल्मे डाँडासम्म हुने पर्वतीय दौड आयोजना गर्नका लागि खेलकुद परिषद्ले सहयोग गर्ने आश्वासनसमेत दिए ।

हामीले पनि गर्न सक्छौं, किनकी हामीले पोखरा म्याराथन हुँदै साल्मे डाँडा पदयात्रालाई पनि जोड्न सक्यौं ।
कार्यक्रमका सभाध्यक्ष मानप्रसादले आफ्नो गाउँ ठाउँ सरकार वा अन्य कुनै दातृ निकायको सहयोगले मात्र विकास हुन्छ भन्ने सोचबाट मुक्त हुनुपर्ने बताए । ‘हामीले पनि गर्न सक्छौं, किनकी हामीले पोखरा म्याराथन हुँदै साल्मे डाँडा पदयात्रालाई पनि जोड्न सक्यौं,’ पोखरेली मञ्च युकेका अध्यक्षसमेत रहेका मानप्रसादले भने, ‘यसलाई हामी आगामी दिनमा समेत निरन्तरता दिनेछौं, पदयात्रामा सहभागि हुनुभएकोमा सबैलाई धन्यवाद ।’















यो पनि…
सगरमाथा चढ्न वि विल राइजद्वारा आङरिताका नातिलाई आर्थिक सहयोग
साल्मेलाई सम्झेर !