English

भावनात्मक सम्बन्धका लागि ‘सुहागरात’



विवाहपछि दुलहा र दुलहीको पहिलो रातलाई ‘सुहागरात’ भनिन्छ । यसलाई विशेष बनाउन जोडीको कोठा र ओछ्यानलाई विभिन्न फूल तथा बेलुनहरूले सजाइएको हुन्छ । भनिन्छ नि फूलहरूको सुगन्ध जस्तै आउने दिनहरूमा जोडीहरूको जीवन पनि मिठासले भरिन्छ ।

तर, केही मानिसहरूको भनाइमा पहिलो रातमा नै यौनसम्पर्क गर्न जरुरी छैन । दुई दिन वा दुई महिना लागे पनि तपाईंले आफ्नो पार्टनरलाई पहिले कम्फर्ट जोनमा राख्नुपर्छ ।

सुहागरातको दिन एक–अर्कालाई पूर्णरूपमा चिन्नुभएन भने भावनात्मक सम्बन्ध पनि कम हुन्छ । त्यसैले, सुहागरातको दिन शारीरिक सम्बन्ध राख्नुको सट्टा एक–अर्कालाई बुझ्नतर्फ ध्यान दिन आवश्यक छ ।

हनिमुनबारे के भन्छ कामसूत्र ?

पहिलो दिन सेक्स नगर्नुहोस् ।

कामसूत्रले हनिमुनको पहिलो दिन यौनसम्पर्क नगर्न सिफारिस गर्छ । किनभने पहिलो दिन दुलही र दुलाहा एक–अर्काका लागि अपरिचित भएको बताइएको छ । त्यसैले, एक–अर्कालाई चिन्ने समय खर्च गर्नुपर्छ ।

यौनसम्र्पकअघि एक–अर्कालाई बुझनुहोस् ।

घरमा आउने पाहुनालाई समय दिनु, उनीहरूसँग राम्रो व्यवहार गर्नु र घरायसी काममा सहयोग गर्नाले पनि एक–अर्कालाई बुझ्ने अवसर मिल्छ । यही समयमा एक–अर्काको व्यवहार जान्न पनि प्रयास गर्नुहोस् ।

एक–अर्काको मनपर्ने र नपर्ने कुरा बुझ्ने

विवाहको अर्थ पहिलो दिन यौनसम्पर्क गर्नु होइन । सबैभन्दा पहिले दुवैले एक–अर्कासँग समय बिताएर राम्रोसँग बुझ्नुहोस् । यसले तपाईको सम्बन्धलाई बलियो बनाउँछ । दुवैको शरीर मिल्नुअघि मन मिल्नु जरुरी छ ।

महिलाको विश्वास र प्रेमलाई जित्नुहोस् ।

महिलाहरूको विश्वास र माया जित्नको लागि, उसलाई बुझने, मिठो बोलीमा कुरा गर्ने, आत्मविश्वास जगाउने गर्नुपर्दछ । यसले उनीहरूको डर पनि क्रमशः समाप्त हुन्छ । श्रीमतीसँग समय बिताउने, उनीहरूलाई खुसी पार्ने काम गर्ने गर्नुपर्दछ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested