English

एमसीसी संसदमा टेबल भएकै दिन नेप्सेमा ३९ अंकको पहिरो



अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएकै दिन यसको प्रभाव सेयर बजारमा परेको छ । आइतबार सेयर बजार परिसूचक नेप्सेमा ३९ अंकमाथिको पहिरो गएको छ भने ४ अर्ब ८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

साताको पहिलो कारोबार दिन समेत रहेको यस दिन बजार खुलेको केही छिनमै ओरालो लाग्न थालेको नेप्से अन्तिम समयसम्म ३९ दशमलव ४० अंकले घट्दै २६ सय ९३ दशमलव १० अंकमा अडिएको हो ।

त्यसो त यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४ दशमलव ९९ अंकले घटेर ५१३ दशमलव ६४ अंकमा झर्न पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज नेप्सेका सबैजसो उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । तर, आज युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लि.को सेयर मूल्य भने सर्किट लाग्ने गरी बढेको छ ।
यो पनि…
सेयर बजार राताम्मे
१०० अंकले नेप्से घट्दा बजार राताम्मे



सम्बन्धित खबरहरु

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

Latest










Popular
Suggested