English

विरोधबीच एनआरएनएको निर्वाचन पक्का



गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले मार्च महिनाको तेस्रो साता तय गरिएको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् ।

गैरआवासीय नेपाली संघको २१ र २२ मार्चमा तय गरिएको निर्वाचनको तयारीका लागि टिम बद्री केसीले शनिबार आयोजना गरेको अन्तर्क्रियामा वक्ताहरूले संघको निर्वाचन हुन ढिला हुँदा अभियान नै गम्भीर दुर्घटना उन्मुख हुन लागेको भन्दै चिन्ता व्यक्त गरे ।

गैरआवासीय नेपाली संघको गत अक्टोबरका लागि तय भएको १०औं महाधिवेशन पटक–पटक रोकिएपछि संघका अभियन्ताहरूले संघलाई विघटनको दिशामा लैजान खोजिएको भन्दै आक्रोश व्यक्त गरे ।

करिब ४० देशका राष्ट्रिय समितिका अध्यक्षहरूको उपस्थिति रहेको कार्यक्रममा बोल्ने वक्ताहरूले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित उच्चस्तरीय समितिका संयोजक शेष घलेले ६१ देशका महाधिवेशन प्रतिनिधि कटौती गर्न लागेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी डा. बद्री केसीले संघको निर्वाचनको प्रक्रिया अघि बढिसकेको बताउँदै उच्चस्तरीय समितिका दुईजना सदस्य निर्वाचन रोक्न लागिपरेको आरोप लगाए ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी डा. बद्री केसीले संघको निर्वाचनको प्रक्रिया अघि बढिसकेको बताउँदै उच्चस्तरीय समितिका दुईजना सदस्य निर्वाचन रोक्न लागिपरेको आरोप लगाए ।

उनले उच्चस्तरीय समितिका सदस्यहरूलाई महाधिवेशन प्रतिनिधि विवाद मिलाउनेबाहेक अन्य म्यान्डेट नभएको बताए । उच्चस्तरीय समितिका सदस्यहरू म्यान्डेटभन्दा बाहिर गएर मिलाउनुभन्दा समस्या बल्झाउने दिशामा लागेको नियत रहेको बताए ।

उनले संघको अभियान गिजोलिएको बताउँदै संघको अभियानलाई अन्डरमाइन्ड नगर्न अनुरोध गरे । उनले कुल आचार्य समूहले आफ्नो पक्षमा भोट नआउने देशका महाधिवेशन प्रतिनिधिलाई तारो बनाएर हटाउन खोजेको बताए ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले संघको निर्वाचन प्रक्रियामा परराष्ट्र मन्त्रालयले हदभन्दा बाहिर गएर हस्तक्षेप गरेको कारणले बाध्य भएर पाटन उच्च अदालतमा जानुपर्ने बाध्यता आएको बताए । उनले अदालतले चुनाव गराउन वर्तमान कार्यसमितिमा पूर्णअधिकार दिएपछि अध्यक्ष कुमार पन्तले सबै पक्षलाई समेटेर चुनाव बनाउन चाहेका कारण निर्वाचन गर्न ढिलाइ भएको बताए ।

उनले संघको विवाद मिलाउन गठित उच्चस्तरीय समितिले समस्याको समाधान दिनुको सट्टा चुनाव भाँड्न लागेकोमा आक्रोश पोखे । उनले उच्चस्तरीय समितिले नियमावलीका छिद्रा खोजेर चारवटा देशबाहेकका अन्य देशका महाधिवेशन प्रतिनिधि कटौतीको प्रस्ताव ल्याएको बताए ।

गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले विभिन्न बहाना बनाएर संघको विवादलाई लम्बाएर चुनाव हुन नदिने षड्यन्त्र भइरहेको बताए । उनले संघभित्र विवाद नीतिको होइन नियतिको भएको बताए ।

गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले विभिन्न बहाना बनाएर संघको विवादलाई लम्बाएर चुनाव हुन नदिने षड्यन्त्र भइरहेको बताए । उनले संघभित्र विवाद नीतिको होइन नियतिको भएको बताए ।

उनले मध्यपूर्वलगायतका देशमा प्रतिनिधि कटौतीको प्रस्तावले विखण्डनको दिशामा गैरआवासीय नेपाली संघको अभियानमा लैजाने बताए । उनले प्रतिनिधि कटौतीको प्रस्ताव आउनु नै दुर्भाग्यपूर्ण भएको बताए ।

उच्चस्तरीय समितिका सदस्यहरूले एक गुटको पक्षको पक्षपोषण गरेकोप्रति खेद व्यक्त गरे । गैरआवासीय नेपाली संघ अफ्रिया क्षेत्रीय संयोजक रोशन थापाले संघको जनमतमाथि प्रहार भएको बताए । उनले संघका पूर्वअध्यक्ष शेष घले समूहले संघको अस्तित्वमाथि नै आँच आउने गरी गतिविधि अघि बढाएको बताए ।

यस्तो छ निर्वाचन तालिका

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जाराका अनुसार मनोनयन दर्ताको ४ र ५ मार्चबाट शुरु हुने भएको छ ।

कार्यतालिकाअनुसार यही १७ देखि २२ फेब्रुअरीसम्म प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिनेछ ।
२३ फेब्रुअरीमा मतदाता नामावली प्रकाशन, २४ देखि २७ फेब्रुअरीसम्म मतदाता नामावलीमाथि दाबी विरोध, आगामी २ मार्चमा दाबी विरोधमाथि निर्णय, ३ मार्चमा अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ ।

४ र ५ मार्चमा उम्मेदवारको मनोनयन पत्र दर्ता, ६ मार्चमा उम्मेदवारको पहिलो नामावली प्रकाशन, ६ देखि ७ मार्चसम्म उम्मेदवारको उम्मेदवारीविरुद्ध दाबी विरोध, ८ मार्चमा उम्मेदवारको मनोनयपत्रको जाँच र उजुरीमाथि निर्णय र ९ मार्चमा उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।

मतदान समाप्त भएलगत्तै मतगणना गर्नेसमेत प्रमुख निर्वाचन अधिकृत भीमसेन बञ्जाराले जानकारी दिए । संघको अध्यक्षका लागि मनोनयन पत्र दर्ता दस्तुर १० लाख तोकिएको छ ।

यसैगरी, ११ मार्चमा उम्मेदवारले मनोनयन फिर्ता, १२ मार्चमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २१ मार्चमा बिहान १० बजेदेखि २२ तारिख बिहान ९ बजेर ५९ मिनेट जाँदासम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

मतदान समाप्त भएलगत्तै मतगणना गर्नेसमेत प्रमुख निर्वाचन अधिकृत भीमसेन बञ्जाराले जानकारी दिए । संघको अध्यक्षका लागि मनोनयन पत्र दर्ता दस्तुर १० लाख तोकिएको छ ।

यो पनि
एनआरएनए निर्वाचन अनुगमनको जिम्मा कसलाई ?
लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानी मात्रै



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।