English

दैनिक उसिनेको अण्डा खानुको फाइदा



अण्डालाई बिहानको खाजाका लागि उत्तम विकल्प मानिन्छ । विशेष गरी उसिनेको अण्डामा धेरै पौष्टिक तत्त्व हुन्छ । आफ्नो दैनिक आहारमा अण्डा समावेश गर्नाले पूर्ण पोषण प्राप्त हुन्छ ।

अण्डाको साथमा दूध पिउनुभयो भने स्वास्थ्यमा हुने फाइदा झनै बढ्छ । अण्डाको पहेँलो भागमा भिटामिन ‘ए’ भिटामिन ‘डी’ भिटामिन ‘बी’ १२ प्रचुर मात्रामा पाइन्छ । यसलाई दैनिक सेवन गर्नाले शरीरमा हुने जिङ्कको कमी पनि हट्छ ।

तौल कम हुन्छ
उसिनेको अण्डामा प्रशस्त मात्रामा प्रोटिन हुन्छ, जुन तौल घटाउन प्रभावकारी हुन्छ । यसको सेवनले लामो समयसम्म पेट भरिएको महसुस हुन्छ, यसले तौल नियन्त्रणमा राख्छ । बिहानको नास्तामा उसिनेको अण्डा र चना खाँदा तौल पनि कम हुन्छ ।

हड्डी बलियो हुन्छ
उसिनेको अण्डा खाँदा हड्डी बलियो हुन्छ । जाडोमा जोर्नी दुख्ने समस्या भएमा दैनिक उसिनेको अण्डा खानुपर्छ । अण्डामा पाइने भिटामिन डी प्राप्त गर्नाले बालबालिकाको दाँत, हड्डी र बलियो हुन्छ ।

मेटाबोलिजम बढ्छ
शरीरलाई सक्रिय राख्न चाहिने प्रोटिन उसिनेको अण्डामा प्रशस्त मात्रामा पाइन्छ । उमालेको अण्डा खाँदा कार्बोहाइड्रेट वा बोसो भन्दा बढी क्यालोरीहरू घटाउन मद्दत गर्दछ । यसले मेटाबोलिजमलाई बढाउन सहयोग गर्छ ।

छाला, कपाल र नङका लागि फाइदाजनक
उसिनेको अण्डाको सेवनले छालाको समस्या हटाउँछ र कपाललाई पनि बलियो बनाउँछ । यो आँखाका लागि निकै फाइदाजनक हुन्छ । अण्डामा ल्युटिन र जेक्सान्थिन नामक पोषक तत्त्व पाइन्छ । उमालेको अण्डा खाँदा मोतिया बिन्दुको जोखिम पनि कम हुन्छ ।

मांसपेशी बलियो हुन्छ
अण्डामा पाइने कोलाइन एक पोषक तत्त्व हो जुन मस्तिष्क, स्नायु प्रणाली र हृदयको लागी धेरै लाभदायक हुन्छ । यसले मस्तिष्कको कोशिका झिल्लीहरूको संरचनालाई कायम राख्न सहयोग गर्दछ । गर्भवती महिलाले दैनिक अण्डाको सेवन गर्दा पनि धेरै फाइदा हुन्छ ।

यो पनि
के हो टन्सिल स्टोन, यसबाट कसरी बच्ने ?



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्