English

चप्पल लगाउँदा हुन्छ यस्तो फाइदा



कतिपय व्यक्तिहरू गर्मीमा पनि चप्पल लगाउन संकोच मान्छन् र चप्पलभन्दा जुत्ता लगाउन उचित ठान्छन् । तर गर्मी सिजनमा चप्पल लगाउनुका अनेक फाइदा छन् ।

संक्रमणको जोखिम कम हुन्छ

गर्मीमा पसिना अधिक निस्किन्छ । जुत्ता, मोजा लगाउँदा झन पसिना निस्किन्छ र संक्रमणको खतरा बढ्छ । यसबाट बच्न चप्पल लगाउनु लाभकारी हुन्छ । चप्पल लगाउनाले खुट्टामा प्रर्याप्त हावा जान्छ र खुट्टा धुन सजिलो पनि हुन्छ । यसरी खुट्टा धोएमा खुट्टामा भएको फोहोर पखालिनाले संक्रमणको जोखिम कम हुन्छ । जुत्ता लगाएर बस्नेहरुले चप्पल लगाउनेको तुलनामा कमै खुट्टा धुन्छन् । यसले संक्रमण बढ्ने खतरा उनीहरुमा बढी नै हुन्छ ।

गर्मी सिजनमा खुट्टाको गन्ध आउने समस्या अधिक व्यक्तिमा देखिन्छ । यो समस्याबाट मुक्त हुन तपाईंले चप्पलको प्रयोग गर्न सक्नु हुन्छ । तर तपाईले चप्पल र खुट्टा समय–समयमा सफा गर्नुपर्छ ।

खुट्टाको गन्धबाट छुट्कारा

गर्मी सिजनमा खुट्टाको गन्ध आउने समस्या अधिक व्यक्तिमा देखिन्छ । यो समस्याबाट मुक्त हुन तपाईंले चप्पलको प्रयोग गर्न सक्नु हुन्छ । तर तपाईले चप्पल र खुट्टा समय–समयमा सफा गर्नुपर्छ ।

खुट्टाको लागि आरामदायक

जुत्ता लगाउनाले खुट्टामा अधिक पसिना आउने, खुट्टा दुख्ने जस्ता समस्या देखा पर्छ । यसबाट छुट्कारा पाउन पनि चप्पल लगाउने गर्नुपर्छ ।

लगाउन र खोल्न सहज

चप्पल लगाएमा जुत्ता जस्तो खोल्न र लगाउन झन्झट हुँदैन । जस्तोसुकै ठाउँमा सजिलै लगाउन र खोल्न सकिन्छ ।

भिज्ने डर हुँदैन

जुत्ता लगाउँदा पानीमा भिज्ने डर हुन्छ । जसकारणले हामीले खुट्टा पनि धुँदैनौ । तर चप्पल लगाउँदा यो डर हुँदैन । त्यसैले गर्मी सिजनमा चप्पल लगाउनु नै उपयुक्त हुन्छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested