English

‘आमाले बनाएको इमलीको खट्टीमिठ्ठी साह्रै याद आउँछ’– दीपाश्री निरौला



नेपाली चलचित्रकी चर्चित हास्यकलाकार दीपाश्री निरौलाले रेडियो नाटकबाट आफ्नो अभिनय यात्रा शुरु गरेकी थिइन् । उनले कलाकारको साथै सफल फिल्म निर्देशकको समेत परिचय बनाएकी छिन् ।

दीपाश्रीले निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा’ सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा समेत परेको छ ।

दीपाश्रीलाई सानैदेखि अभिनय र नृत्यमा एकदमै रुचि थियो । उनलाई आफ्नो बाल्यकाल असाध्यै प्रिय लाग्छ । बाल्यकालमा गरेका हरेक क्रियाकलापहरू दीपाश्रीलाई विशेष लाग्छन् । सानो बेलामा खाएका खानेकुरा पनि विशेष नै हुने गरेको उनी बताउँछिन् । बाल्यकालमा खाएको खानेकुरालाई सम्झँदै दीपाश्री भन्छिन्– ‘बाल्यकालमा खाएको खानेकुराको स्वाद जिब्रोमै गडेको छ ।’

कति मिठो हुन्थ्यो त्यो खट्टीमिठ्ठी सम्झिँदा पनि मुखमा पानी आउँछ ।

दीपाश्रीको बाल्यकाल विराटनगरमा बितेको थियो । उनी सानो छँदा साह्रै छुकछुके स्वभावकी थिइन् । उनको घरमा इमलीको रूख थियो । दीपाश्रीलाई इमली असाध्यै मनपर्ने, त्यसैले अमिलो खान मन लाग्नेबित्तिकै उनी इमलीको रूखमा चढिहाल्थिन् । बाल्यकाललाई सम्झँदै उनी भन्छिन्– ‘हाम्रो घरमा इमलीको रूख थियो, आमाले त्यो इमलीको खट्टीमिठ्ठी बनाउनुहुन्थ्यो ।’

उनलाई बाल्यकालमा खाएका खानेकुरामध्ये एकदमै मनपर्ने खानेकुरामा आमाले बनाएको इमलीको खट्टीमिठ्ठी हो । ‘कति मिठो हुन्थ्यो त्यो खट्टीमिठ्ठी सम्झिँदा पनि मुखमा पानी आउँछ ।’

इमलीको तितौरा अहिले पनि बजारमा पाइन्छ । तर, पहिलेको जस्तो स्वाद भने पाइँदैन । ठूलो भएपछि पनि धेरैपटक इमलीको तितौरा किनेर खाएको छु, तर आमाले बनाएको खट्टीमिठ्ठीको स्वाद कहाँ पाइन्थ्यो र ? उनी सुनाउँछिन् ।

बाल्यकाल जति प्यारो र सम्झनलायक समय सायद कमै होला ।

बाल्यकालमा विराटनगरको घरमा भएको इमलीको रूख अहिले छैन । त्यहाँ घर बनिसकेको छ । तर, दीपाश्रीलाई भने त्यो इमलीको रूख र आमाले बनाएको इमलीको खट्टीमिठ्ठीको सारै याद आउँछ ।

बच्चा बेलामा थोरै मात्र खानाका परिकार हुन्थ्यो र खाएको हरेक खानेकुरा मिठो हुने गथ्र्यो । अहिले खानाको परिकारहरू धेरै भएता पनि कमै मात्र खानेकुरा मात्रै मिठो लाग्ने उनी सुनाउँछिन् । ‘बाल्यकाल जति प्यारो र सम्झनलायक समय सायद कमै होला ।’

यो पनि…
‘कालो दाल र ग्वारामरीमा बाल्यकाल देख्छु’– भुवन चन्द
गायक सुगमको गीतमा दीपाश्री र सन्दिपको ठुम्का



सम्बन्धित खबरहरु

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested