English

‘बल्छी ध्रुवेका’ फ्यान : सिरियल हेरेर नेपाली बोल्नेदेखि फोटो राखेर केक काट्नेसम्म



टेलिचलचित्र ‘मेरी बास्सै’ बाट अभिनय यात्रा शुरु गरेका मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ पछिल्लो समय टेलिचलचित्र ‘जुठे’ र ‘हल्का रमाइलो’मा व्यस्त छन् ।

मेरी बास्सै टेलिचलचित्रमा माझीको भूमिकामा देखिएसँगै उनलाई धेरैले बल्छी ध्रुवेको नामले नै चिन्न थाले ।

उनले अभिनय गरेका दुई टेलिचलचित्र ‘जुठे’ र ‘हल्का रमाइलो’लाई युट्युबमार्फत धेरै दर्शकले मन पराएका छन् ।

उनको युट्युब च्यानल बल्छी ध्रुवेमा १० लाख भन्दा बढी सब्स्क्राइबर छन् । धेरै फ्यानहरूमध्ये यी अनौठा फ्यानलाई उनी यसरी सम्झन्छन् ।

फोटो अगाडि राखेर केक काट्ने फ्यान

कलाकार सरिता लामिछानेले एकपटक मलाई फोन गर्नुभयो । ‘मरिच भाई युकेमा मेरो एउटा भाइ छ उसको छोरी तिम्रो फ्यान हो ऊसँग एकपटक कुरा गरिदेऊ है आज उसको जन्मदिन हो’ भन्नुभयो ।

मैले ‘हस् दिदी’ भनेर सरिता दिदीको भाइलाई भिडियो कल गरेँ उनको छोरी मेरो फोटो अगाडि राखेर केक काट्दै थिइन् । त्यो देखेर म भावुक भएँ । ती सानी फ्यानलाई पनि म कहिल्यै बिर्सन्नँ ।

निःशुल्क कपाल हाइलाइट गर्दिने फ्यान

करिब दुई वर्षअघि राजु पौडेल र म एउटा कार्यक्रमको लागि अस्ट्रेलिया गएका थियौ । त्यहाँ करिब २१ दिन जति हामी सिड्नीमा बसेका थियौँ । त्यहाँ भएका नेपालीहरूले हामीलाई असाध्यै माया गर्नुहुन्थ्यो ।

हरेक दिनजसो खाना खानका लागि निमन्त्रणा दिनुहुन्थ्यो । त्यसै क्रममा एक दिन एक जना फ्यान हामीलाई बोलाउन २२ घण्टा लगाएर सिड्नी आएका थिए ।

उनले हामीलाई आफ्नो घर तथा पसलमा लगे । उनको पार्लर कस्मेटिक पसल रहेछ । त्यहाँ लगेर ती फ्यानले मेरो कपाल निःशुल्क हाइलाइट गरिदिएका थिए ।

सिरियल हेरेर नेपाली बोल्न सिक्ने फ्यान

अमेरिकामा एक जना नेपाली फ्यान हुनुहुन्छ । उहाँको घर पोखरा रहेछ । नेपाल आएको बेला उहाँ मलाई भेट्नका लागि काठमाडौं आएका थिए । उनका दुई छोराहरू पनि मेरो फ्यान रहेछन् ।

उनका ती दुई छोराहरूले मेरो सिरियल हेरेर नै नेपाली बोल्न सिकेको भनेर मलाई ती फ्यानले सुनाए । त्यो कुरा सुनेर सारै खुसी लाग्यो । देश बाहिर भएर पनि नेपाली कलाकारहरूलाई माया गर्नेको सङ्ख्या धेरै रहेछ । त्यसैले, ती फ्यानलाई पनि म सम्झिरहन्छु ।

फोटो खिच्नकै लागि धेरैपटक फुटसल आउने फ्यान

खरीबोट वनस्थलीमा ‘बल्छी ध्रुवे फुटसल’ छ । धेरै जना फ्यान मलाई भेट्नको लागि त्यहाँ आउनुहुन्छ ।

एक जनाले मलाई बारम्बार फोन गरेर तपाईंको फुटसलमा आएको छु भनिरहनुहुन्थ्यो । ती व्यक्ति धेरैपटक मसँग फोटो खिच्नको लागि फुटसलमा आएका रहेछन् । तर, मसँग भेट भने भएको थिएन ।

एकपटक फुटसलमा मेरो उहाँसँग भेट भयो मलाई भेटेर फोटो खिच्न पाउँदा उहाँ एकदमै धेरै खुसी भएको पनि सम्झना छ ।

यो पनि
किरण केसीका ४ अनौठा फ्यान
दीपक लिम्बुका फ्यान: रुनेदेखि हाँस्न लगाउने सम्म



सम्बन्धित खबरहरु

गायक तथा संगीतकार विनय कार्की र उनको ब्यान्ड “बिनय कार्की एण्ड थुंगा ब्यान्ड“ को पहिलो गीत “नयाँ नयाँ“ को भिडियो

लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सुदूर पूर्वी प्रवासी नेपाली संघ, हङकङले तेक्वान्दो खेलमा नवौं डान हासिल गर्न सफल तुलसी गुरुङ र हालै सगरमाथा आरोहणमा सफलता

Latest










Popular
Suggested