English

शैक्षिक सुधार कार्यक्रमलाई छनोट भए यी विद्यालय



राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रुकुमपूर्वका १४ विद्यालय छनोट भएका छन् । विद्यालयको भौतिक सुधार र सूचना प्रविधिसँग जोडिएको यो कार्यक्रमअन्तर्गत जिल्लाका तीन स्थानीय तहका १४ विद्यालय छनोटमा परेका हुन् । कार्यक्रमअन्तर्गत चार कोठे र दुई कोठे भवन निर्माण तथा सूचना प्रविधि प्रयोगशाला (आइसीटी ल्याब) स्थापनाका लागि बजेट आउने छ ।

चार कोठे भवनका लागि प्रतिविद्यालय रु ३६ लाख, दुई कोठे भवनका लागि रु १८ लाख र आइसीटी ल्याब स्थापनाका लागि रु छ लाख ५० हजार बजेट आउने शिक्षा विकास तथा समन्वय एकाइ रुकुमपूर्वका प्रमुख तिलक गौतमले जानकारी दिए । यो कार्यक्रमका लागि सिस्ने गाउँपालिकाका छ विद्यालय, भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका चार/चार विद्यालय छनोटमा परेका छन् ।

सिस्ने-१ को नवज्योति आधारभूत विद्यालय भट्टेचौर, वडा नम्बर २ को हिमालय मावि नायगाड, वडा नम्बर ५ को रुक्मिणी मावि आइसीटी ल्याब स्थापनाका लागि छनोट भएका छन् । वडा नम्बर ४ को जनप्रिय मावि दादिङमा चार कोठे भवन, वडा नम्बर १ को आधारभूत विद्यालय सिस्नेपोखरी र वडा नम्बर ४ को आधारभूत विद्यालय अमलाचौरमा दुई कोठे भवन निर्माण हुने भएका छन् ।

भूमेको वडा नम्बर २ मा रहेको त्रिवेणी मावि काँक्री, वडा नम्बर ८ को मावि कुचिबाङमा आइसीटी ल्याब स्थापना हुनेछ । वडा नम्बर ३ को टक्सार आधारभूत विद्यालय झुम्लाबाङमा दुई कोठे र वडा नम्बर ८ को सरस्वती मावि सिमखोला चार कोठे भवन निर्माण हुने छन् ।

पुथा उत्तरगङ्गाको वडा नम्बर १० को महेन्द्र मावि तकसेरामा कम्प्युटर विज्ञान र चार कोठे भवन, वडा नम्बर १४ को सिद्धमण्डली मावि राङ्सीमा दुई कोठे, वडा नम्बर ९ को आदर्श मावि खाराबाङमा चार कोठे भवन निर्माण हुने भएका छन् । यस्तै वडा नम्बर ११ को उत्तरगङ्गा आधारभूत विद्यालय सेराबालुवामा आइसीटी ल्याब स्थापना हुने भएको हो । स्थानीय तहमा वित्तीय हस्तान्तरण हुने वित्तिकै कार्यन्वयनको प्रक्रिया सुरु हुने समन्वय एकाइ प्रमुख गौतमले बताए ।

यो पनि
खाना र पैसासँग सम्बन्धित किस्सा



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested