बढ्यो फलफूल तथा तरकारीको मूल्य [सूची]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज फागुन ७ गते शनिबार एक किलोग्राम गोलभेंडाको मूल्य ७६ रूपैयाँ ६७ पैसा तोकिएको छ ।
एक किलोग्राम रातो आलुको मूल्य २५ रूपैयाँ ५० पैसा तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ६३ रूपैयाँ छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ३५ रूपैयाँ तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको ४५ मूल्य, रातो मूला ४६ रूपैयाँ ६७ पैसा, सेतो मूला ९ रूपैयाँ ६० पैसा, भन्टा ६६ रूपैयाँ ६७ पैसा, मटरकोशा ९५ रूपैयाँ तोकिएको छ । त्यसैगरी समितिले एक दर्जन केराको मूल्य १३० रूपैयाँ तोकेको छ ।
एक किलोग्राम सुन्तलाको मूल्य १३० रूपैयाँ तोकिएको छ भने एक किलोग्राम कालो अंगुरको मूल्य २२५ तोक्दा हरियो अंगुरको मूल्य १३५ रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम कागतीको मूल्य ११० रूपैयाँ तोकिएको छ ।
यो पनि
केरा खेतीले पाखोबारी हराभरा, उकासियो जीवनस्तर