English

केरा खेतीले पाखोबारी हराभरा, उकासियो जीवनस्तर



म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीका कृषकले बाँझिएको पाखोबारीमा केरा खेती गरेर हराभरा बनाएका छन् । तीन कृषकले कोरोना भाइरसको महामारी फैलिएपछि दुई वर्षअघि भएको बन्दाबन्दीको समयमा २७ रोपनी झाडी फाँडेर व्यवसायिकरूपमा केरा खेती सुरु गरेका हुन् ।

रघुगंगा-२ रिसिन चौतारीका बलबहादुर सुनार, रमेश कटुवाल र बुद्धिबहादुर कार्कीले केरा खेतीबाट आम्दानी गर्न थालेका छन् । न्यू कालीगण्डकी कृषि फर्मका सञ्चालक सुनारले पछिल्लो याममा रू एक लाख ५० हजार बराबरको केरा बिक्री गरेको बताए ।

‘बन्दाबन्दीको फुर्सदमा झाडी फाँडेर ९०० केराका बिरूवा लगाएको थिए,’ उनले भने, ‘सुरु गरेको डेढ वर्षमै आम्दानी हुन थालेको छ ।’ करिब २० वर्षदेखि खेती हुन छाडेको पाखोबारीको झाडी फाँडेर तीनै जनाले केरा खेती गरेका हुन् ।

कटुवालले आरम्भ र कार्कीले कालीगण्डकी कृषि फर्म सञ्चालन गरेका छन् । उनीहरूले केरा खेतीका साथै बाख्रा, बङ्गुर, कुखुरा र माछापालनसमेत गरेका छन् । एकजनाले कृषि फर्ममा रू १५ लाखदेखि रू २० लाखसम्म लगानी गरेका छन् । बजार नजिक, यातायात सुविधा, अनुकूल भूगोल र हावापानी भएकाले केरा खेती गरेको कटुवालले बताए ।

‘बाँझिएर खेर गएको पाखोबारी केराका बिरूवाले हराभरा बनेको छ,’ उनले भने, ‘रोजगारी सिर्जना र आयआर्जनको अवसर पनि मिलेको छ ।’ कटुवालले केरा खेतीसँगै व्यवसायिक कुखुरापालन समेत गरेका छन् ।

रघुगंगा-२ रिसिन चौतारीका बलबहादुर सुनार, रमेश कटुवाल र बुद्धिबहादुर कार्कीले केरा खेतीबाट आम्दानी गर्न थालेका छन् । न्यू कालीगण्डकी कृषि फर्मका सञ्चालक सुनारले पछिल्लो याममा रू एक लाख ५० हजार बराबरको केरा बिक्री गरेको बताए ।

उनीहरूले स्थानीय बाइसे, मुङग्रे, धुस्रे र नङग्रे जातको केरा खेती गरेका छन् । ‘धान, कोदो, मकै, गहुँ खेती नहुने पाखोबारीमा बदामको मात्र खेती हुन्थ्यो,’ कार्कीले भने, ‘बदामभन्दा केरा खेतीबाट चार-पाँच गुना बढी आम्दानी भएको छ ।’

सो क्षेत्रमा यसअघि घरायसी प्रयोजनका लागि केरा खेती हुँदै आएको थियो । बैसरी, बेनी, पोखरेबगर र मुस्ताङमा केरा बिक्री हुन्छ । बैसरी हुँदै रिसिनचौतारी जोड्ने सडक बनेकाले व्यापारी केरा किन्न गाडी लिएर गाउँमै पुग्छन् ।

रघुगंगा गाउँपालिका-२ भगवतीका वडाध्यक्ष रिम कटुवालले बैसरी, रिसिनचौतारी, राममन्दिर र माझखर्कमा केरा खेतीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गरिएको बताए । सिँचाइका लागि गाउँपालिका, कृषि ज्ञान केन्द्र र सिँचाइ कार्यालयमा पहल गरेको उनले बताए ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested