English

गेटवे पेमेन्टले युपीआई सञ्चालनका लागि एनपीसीआई र मनमसँग गर्यो सम्झौता



गेटवे पेमेन्ट सर्भिस प्रा.लिले अन्तरआबद्धता तथा मोबाइल प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (UPI Nepal) सञ्चालनका लागि भारत स्थित एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ । विभिन्न बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक बीच विद्युतीय भुक्तानीको सञ्जाल सञ्चालन गर्ने र भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायक (पेटीएम, गुगलपे, फोनपे) मार्फत नेपालस्थित कुनै पनि बैंक खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यवस्था गर्न लागेको हो ।

त्यसैले अब भारतीय नागरिकहरु नेपाल आउँदा र नेपालीहरु भारत यात्रा गर्दा क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । सम्झौतामा गेट वेको तर्फबाट अध्यक्ष कमलनाथ प्रधान, एनपीसीआई इन्टरननेसनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा मनम इन्फोटेकका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका छन् ।

अन्तरआबद्दता तथा मोबाइल फस्र्ट प्रविधीमा आधारित भुक्तानीको सञ्जाल युपीआइ नेपालले विद्युतीय भुक्तानीलाई अर्को श्रेणीमा लैजाने र नेपाललाई नगदरहित समाजमा रूपान्तरण गर्न ठूलो टेवा पुर्याउने गेट वेले जनाएको छ ।



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०