English

सात वर्षको अनुसन्धानमा वैज्ञानिक असफल



संसार लाखौँ रहस्यले भरिएको छ । जुन वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् । आज हामी तपाईंलाई एउटा यस्तो रहस्यको बारेमा बताउँदै छौँ । यो रहस्य डेथ भ्याली क्यालिफोर्नियाको हो । यो उपत्यका ढुङ्गाका कारण विश्वभर नै प्रसिद्ध छ ।

रहस्यको कुरा, यहाँ ढुङ्गाहरू हिँडेर एक ठाउँबाट अर्काे ठाउँमा पुग्छन् । र आफ्नो छाप पनि छोड्छन् । यो छाप देख्दा मरुभूमिको धुलोमा गाडीले छाप छोडेको जस्तो लाग्छ । जुन रहस्य अझै पत्ता लाग्न सकेको छैन ।

यहाँका ढुङ्गाहरू कसरी आफैँ हिँड्छन् भन्ने बारेमा धेरै वैज्ञानिकहरूले अनुसन्धान गरे तर उनीहरूका लागि अझै यो रहस्यमय नै बनेको छ ।

यहाँ धेरै स्वदेशी तथा विदेशी पर्यटकहरू हेर्न आउने गर्छन् । यो पूरै दुई सय २५ किलोमिटरको क्षेत्रफलमा फैलिएको छ । अझसम्म यी ढुङ्गाहरू हिँडेको कसैले देखेका छैनन् । तर, यी ढुङ्गाहरू सरेपछि लामो लाइन छोड्छन् । यी छापहरूले देखाउँछ कि ढुङ्गाहरू एक ठाउँबाट अर्काे ठाउँमा सर्छन् ।

१ किलोमिटरसम्म सर्छ ढुङ्गा

सन् १९७२ मा यो रहस्य थाहा भएको थियो । यसका लागि वैज्ञानिकहरूको टोली यहाँ आएर यी ढुङ्गामाथि वैज्ञानिकहरूले सात वर्षसम्म अनुसन्धान गरेका थिए ।

ढुङ्गाको बारेमा पत्ता लगाउने प्रयास गर्दा एक किलोमिटर टाढा गएर ढुङ्गा फेला परेको थियो । यसले गर्दा वैज्ञानिकहरू नै छक्क परेका छन् ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो