English

ठाडो भाका र कर्पुटारको विशेषता



‘कता गयो देउबहादुर दुरा
शून्य भयो कर्पुटार बजार’


पश्चिम नेपालमा ठाडो भाकाका गीत निकै लोकप्रिय छन् । लोक साहित्यअन्तर्गतको महत्वपूर्ण विधाका रूपमा रहेको ठाडा भाकाका गीत पश्चिम नेपालको पहिचान हो । यही ठाडो भाकाको उद्गमस्थल लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–७ कर्पुटारले चासो र चर्चा कमाएकोे छ ।

धार्मिक महत्वको मध्यनेपाल–७ स्थित ईशानेश्वर महादेव मन्दिरको १०० मिटर उत्तरमा रहेको गौरीकुण्डको २० मिटर पूर्व टारी डिलको भिरालो परेको थुम्का कर्पुटारस्थित ईशानेश्वर महादेव मन्दिरमा शिवरात्रि मेलाका दिन रातभर बसेर ठूलास्वाँराका देउबहादुर दुराले ठाडो भाकामा पहिलोपटक गीत गाएका थिए । पछि ठाडो भाकामा अन्य गायकले पनि विशेष योगदान दिएका थिए ।

शिवरात्रिमा बत्ती बाल्ने क्रममा लमजुङ नेटाका देउबहादुरले विसं १९५० का दशकमा पहिलोपटक कर्पुटार (करापुटार) मा ठाडो भाका गाएकाले यसको गरिमामय इतिहास छ । सात दिन सात रातसम्म पनि गीत गाउन सक्ने ठाडो भाकाका नायक उनको नामसँग जोडेर अहिले पनि मानिसहरू गाउँछन्–

‘माइत जाँदा कुरौनी पाहुर,
गयो क्यारे देउबहादुर लाहुर’,
‘देउबहादुर दुरा करापुटार झर्यो,
बुकी फूल लाउँदै लाउँदै’

यो भाका अहिले लमजुङ, गोरखा, तनहुँ, कास्की तथा स्याङ्जा जिल्लामा प्रचलित छ । यसमा केही स्थानीय भेद पनि छन् । कर्पुटारमा गाइएको भाकाको उद्गमस्थल लमजुङको कर्पुटार मुख्य थलो भएकाले यसलाई कर्पुटारे भाका वा लमजुङे भाका भन्नुपर्ने भए पनि पछि त्यो नभनी ठाडो भाकाका रूपमा लिइएको लोकसाहित्यका अनुसन्धाता प्रा.डा. कुसुमाकर न्यौपानेले बताए ।

कर्पुटारमा गाइएको भाकाको उद्गमस्थल लमजुङको कर्पुटार मुख्य थलो भएकाले यसलाई कर्पुटारे भाका वा लमजुङे भाका भन्नुपर्ने भए पनि पछि त्यो नभनी ठाडो भाकाका रूपमा लिइएको लोकसाहित्यका अनुसन्धाता प्रा.डा. कुसुमाकर न्यौपानेले बताए ।

‘लमजुङको कर्पुटारबाट शुरु भएका कारण यसलाई कर्पुटारे भाकाका रूपमा लिइनुपर्छ’, उनले भने । ‘कर्पुटारमा लाग्ने महाशिवरात्रि मेलामा शुरु गरिएको यो भाकाका गीत अहिले पछिल्लो पुस्ताले पनि गाउने गरेका छन् ।’

‘शिवरात्रि कर्पुटार,
चैतेदशैँ बागलुङ बजार’

ठाडो भाकाको यस्तो गीत अन्त्यानुप्रास मिलाएर गाउनुपर्छ । सो गीतका टुक्का प्रायः प्रकृतिसँग जोडिएर माया र पिरतिमा टुङ्गिने गर्छन् । सो भाकामा गाउँका, दुःख, विरह, वेदना, कुण्ठा, प्रेम, समाज, वातावरण, समसामयिक घटना, इतिहास, सामाजिक परिवेशलगायत विषय समेटेर गाउने गरिन्छ ।

दुराडाँडाको ठुलोस्वाराबाट देउबहादुर दुराले गाउन शुरु गरेको ठाडो भाकालाई पछिल्लो समय स्व. दीर्घराज अधिकारी (भेडीखर्के साइँला) ले अघि बढाएका थिए । ठाडो भाकाका लागि पछिल्ला दिनहरूमा चर्चित गायकका रूपमा उनलाई चिनिन्छ ।

ठाडो भाकाका चर्चित गायक स्व. दीर्घराज अधिकारी (भेडीखर्के साइँला)

अन्य दोहोरी गीतभन्दा उर्वर मानिने ठाडो भाकालाई स्थानीयवासीले दिनभर काम गरेर थाकेका बेलामा चौतारीमा बसेर मनलाई हलुङ्गो बनाउने माध्यमका रूपमा पनि लिने गरिएको छ । प्राचीनकालदेखि मेलापात र गाईवस्तु चराउँदा मनोरञ्जनका लागि गाइने ठाडो भाकामा पछिल्ला वर्ष दोहोरी गीत आउने क्रम पनि बढ्दै गएको छ ।

शिवरात्रिका अवसरमा गाइने ठाडो भाकासँगै सन्तानोत्पत्तिको कामना गर्दै बालिने ठाडो बत्ती कर्पुटारको अर्काे सांस्कृतिक मौलिकता हो ।
सो अवसरमा दिनभर निराहार व्रत बस्ने र रातभर उभिएर ठाडो बत्ती बाल्दा सन्तान प्राप्ति हुन्छ भन्ने जनविश्वासका कारण प्रत्येक वर्ष शिवरात्रिमा यहाँ देशका विभिन्न स्थानबाट दर्शनार्थीं आउने गरेका छन् । सन्तान जन्मेपछि सन्तान लिएर दर्शनार्थी मन्दिरमा पुग्ने गरेका छन् ।

शिवरात्रिमा वर्षेनी एक हजारभन्दा बढी भक्तजन उठेर बत्ती बाल्छन् । उक्त क्रममा ठाउँठाउँमा भजन कीर्तनसँगै ठाडो भाकाका गीत गाउने गरिन्छ । ‘सन्तानेश्वर महादेव’ मन्दिरमा आफ्ना सन्ततिको दीर्घायुको कामना गर्दै बत्ती तथा लाखबत्ती बाल्नेको समेत शिवराित्र मेलामा भिड लाग्ने गरेको स्थानीय चन्द्रज्योति आमा समूहका सल्लाहकार सरस्वती सोतीले जानकारी दिइन् ।

शिवरात्रिमा सहभागीहरूले उक्त दिन सबेरै नजिकैको मादी नदीमा स्नान गरी मन्दिरमा गाईको दूध एवं बेलपत्र चढाउँछन् । त्यस अवसरमा पुराण वाचन, रुद्री पाठ, सामूहिक व्रतबन्धका साथै विवाह गर्ने गरिएको छ । मादी र मिदिम नदीका किनारमा रहेको फराकिलो फाँटमा रातभर ठाउँ–ठाउँमा भजन कीर्तनसहित बत्ती बालिएको दृश्यले जो कोहीलाई लोभ्याउने गर्छ ।

शिवरात्रि मेलाका साथै एकादशी, औंंसी, पूर्णिमा, सङ्क्रान्तिलगायत तिथिमा पनि भारतसहित देशका विभिन्न जिल्लाबाट बत्ती बाल्न भक्तजन आउने गरेका छन् ।

ईशानेश्वर महादेवको मन्दिरको उत्पत्ति

ईशानेश्वर महादेवको उत्पत्ति एवं उत्खननका सन्दर्भमा हिन्दू धर्मग्रन्थका विभिन्न पुराणमा उल्लेख गरिएको मन्दिरका पुजारी परशुराम सोतीले बताए । हिन्दू धर्मशास्त्रको ‘स्वस्थानी व्रतकथा’मा महादेवले सतीदेवीको मृत शरीर बोकी पृथ्वी भ्रमण गर्ने क्रममा महेन्द्रगिरिमा पुग्दा दाहिने तिघ्रा पतन भएको उल्लेख छ ।

हिन्दू धर्मशास्त्रको ‘स्वस्थानी व्रतकथा’मा महादेवले सतीदेवीको मृत शरीर बोकी पृथ्वी भ्रमण गर्ने क्रममा महेन्द्रगिरिमा पुग्दा दाहिने तिघ्रा पतन भएको उल्लेख छ । महेन्द्रगिरि हालको ईशानेश्वरस्थित चिसंकुलाई भनिएको संस्कृतिविद् बताउँछन् ।

महेन्द्रगिरि हालको ईशानेश्वरस्थित चिसंकुलाई भनिएको संस्कृतिविद् बताउँछन् । त्यसपछि ईशानेश्वरमा इन्द्राक्षीदेवी, अद्र्धगामिनी योगिनी र तारकेश्वर महादेव उत्पन्न भई शिवशक्तिका स्वरूपमा रहेको धार्मिक विश्वास लिइएको छ । कथानुसार त्यहीँ आएर लक्ष्मी आई नाना द्रव्य चढाएर सेवा गरेको र कार्तिक कृष्ण आमावास्याको दिन सम्पूर्ण लोकले आफूलाई पूजा गरी सम्मान गरून् भनी वरदान मागेकामा ईश्वरी प्रसन्न भई ‘तथास्तु’ भनेर वरदान दिएको धार्मिक किंवदन्ती रहेको छ ।

पुजारी परशुरामका अनुसार आजभन्दा ६ शताब्दीअघि एक किसानले धानको बीउ राख्न हल गोरु लिएर जोत्न जाँदा फालीको टुप्पाले शिवलिङ्ग स्वरूपको शिला जोतिएर रगत बगेको र गोरुसहित उनी जलेर मरेको किंवदन्ती छ । उक्त समयको गोरुको सिङ अझै पनि मन्दिरमा सुरक्षित राखिएको पुजारी परशुरामले जानकारी दिए ।

आजभन्दा ६ शताब्दीअघि एक किसानले धानको बीउ राख्न हल गोरु लिएर जोत्न जाँदा फालीको टुप्पाले शिवलिङ्ग स्वरूपको शिला जोतिएर रगत बगेको र गोरुसहित उनी जलेर मरेको किंवदन्ती छ । उक्त समयको गोरुको सिङ अझै पनि मन्दिरमा सुरक्षित राखिएको पुजारी परशुरामले जानकारी दिए ।

धार्मिक तथा ऐतिहासिक महत्वलाई पहिचान गरी तत्कालीन गोरखाका निःसन्तान राजा कृष्ण शाहले शक संवत् १४१४ मा आफ्ना सीपयुक्त पल्टन प्रयोग गरी हाल रहेको मन्दिर निर्माण गरेको उल्लेख छ । पछि उनलाई पुत्रलाभ भएको र छोराको नाम शिवरूप सम्झेर रूद्र शाह राखिएको भनाइ छ ।

लमजुङका राजा वीरनारायण शाहद्वारा शिवरात्रिमा दर्शन गर्न आउने फकिर, फुकुरा एवं जोगीलाई खानपान तथा आवास व्यवस्था गर्न सातबीस मुरी खेतको सनद र सदावर्त गुठीको व्यवस्था गरिएको पाइन्छ ।

शिलालेखमा उल्लेख नभए पनि विसंं १८१८ मा हरिनारायण पोखरेलका भानिज कल्याण घिमिरेका पाँचौंँ पुस्ताका सन्तान हरिनारायणद्वारा पुजारी गुठी ६० मुरीसहित कपिलमणि सोतीलाई महादेवका पाँच मुखमध्ये ईशानकोणमा अवस्थित ‘तारकेश्वर’ मन्दिरको पुजारी नियुक्त गरिएको सोती वंशावलीमा उल्लेख छ । हाल उनका सन्तान, दरसन्तानबाट नै नित्य पूजा हुँदै आएको छ ।

दैनिक पूजा सञ्चालन गर्न सोतीहरू संलग्न पुजारी व्यवस्थापन समिति बनाइएको अर्का पुजारी गोविन्दप्रसाद सोतीले बताए । प्रत्येक वर्ष महाशिरात्रिपछि पुजारीको जिम्मेवारी हेरफेर गर्ने प्रचलन छ । यस वर्ष पूजाआजाको व्यवस्थापन तीन जनाले गर्दै आउनुभएको छ ।

प्रत्येक महिना १ देखि १० सम्म परशुराम, ११ देखि २० सम्म चन्द्रमणि र २१ देखि ३० गतेसम्म गोविन्दप्रसाद सोतीले पूजा गर्दै आएका छन् । पुजारीले गुठी उपभोग गरी पूजा कर्म सञ्चालन खर्च जुटाउँछन् । महादेवलाई सामूहिक आस्थाको केन्द्र मानेर हरेक वर्ष वैशाख १ र कात्तिक १ गते गाउँलेले बाजागाजासहित सामूहिक रुद्री पूजा गर्ने परम्परा छ ।

ईशानेश्वर क्षेत्रलाई धार्मिक पर्यटनका केन्द्र बनाउन लागिएको छ । यस क्षेत्रमा एक सय आठ धारा निर्माण गर्ने गरी काम अघि बढेको छ । भक्तजनबाट आउने दान दक्षिणा तथा बेलाबखत लगाइने महायज्ञको बजेटबाट आठ रोपनी जग्गा खरिद गरेर केही पूर्वाधार बनाइएको छ ।
समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीका अनुसार उक्त रकमबाट धर्मशाला निर्माण गर्न लागिएको छ । चौबिसकोठे धर्मशाला निर्माणको लक्ष्य भए पनि हाल आठ कोठा निर्माण भइरहेको छ ।

सो क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउन गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष रु ५० लाख सहयोग गरेको समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीले जानकारी दिए । उनका अनुसार उक्त रकमबाट धर्मशाला निर्माण गर्न लागिएको छ । चौबिसकोठे धर्मशाला निर्माणको लक्ष्य भए पनि हाल आठ कोठा निर्माण भइरहेको छ । प्रदेश सरकारले यस वर्ष दुई लाख रुपैयाँ मात्र विनियोजन गरे पनि क्रमागत रूपमा बजेट दिने आश्वासन प्राप्त भएको उनको भनाइ छ ।

चौबिसकोठे धर्मशाला निर्माणको लक्ष्य भए पनि हाल आठ कोठा निर्माण भइरहेको छ । प्रदेश सरकारले यस वर्ष दुई लाख रुपैयाँ मात्र विनियोजन गरे पनि क्रमागत रूपमा बजेट दिने आश्वासन प्राप्त भएको रामचन्द्रको भनाइ छ ।

हाल ईशानेश्वर महादेव मन्दिरको पुनर्निर्माण गरिएको छ । विसं २०७२ वैशाखको भूकम्पले क्षति पुगेको मन्दिरको पुरातत्त्व विभागका सहयोगमा रु एक करोड २० लाख ६८ हजारका लागतमा पुनर्निर्माण गरिएको हो

विसं २०७३ माघ ३० गतेदेखि शुुरु भएको पुनर्निर्माण २०७५ मा सम्पन्न भएको छ । मन्दिरमा १८ लाख रुपैयाँ लागतमा एक हजार ५०० किलोग्रामको तामाको छाना प्रयोग गरिएको छ । छानेशैलीमा पुनर्निर्माण गरिएको मन्दिरमा भक्तपुरे इँटाको प्रयोग गरिएको तथा कलात्मक झ्याल, ढुङ्गा राखिएको ईशानेश्वर महादेव क्षेत्र विकास समितिका कार्यालय प्रमुख चन्द्रकिरण घिमिरेले जानकारी दिए ।

नवनिर्मित मन्दिरमा झ्याल, ढोका र टुँडालमा कुँदिएका मूर्ति, चित्र र जडान गरिएका इँटा र ढुङ्गाको अध्ययन र विश्लेषणले मन्दिरको प्राचीनतालाई झल्काएको छ । करिब ५० फिट अग्लो र २० फिट चौडा मन्दिरको मध्यभागमा ईशानेश्वरको प्राकृतिक शिवलिङ्ग तथा वरिपरि शिवपञ्चायनका मूर्तिहरू छन् । मन्दिरको पूर्व दिशामा एक सय मिटर पूर्व पार्वता र पाँच सय मिटरमा गोमतीका किनारमा गणेश मन्दिर रहेका छन् ।

विभिन्न दातामार्फत मन्दिर परिसरमा प्राप्त आठ रोपनी जग्गामा विभिन्न पूर्वाधार निर्माण हुने क्रम चलेकामा हाल १०८ धारा निर्माण भइरहेको छ । मध्य नेपाल नगरपालिकाबाट प्राप्त रु ३० लाखभन्दा बढी आर्थिक सहयोगका साथै विभिन्न दाताका सहयोगमा निर्माण अघि बढाइएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

पर्यटकीय गन्तव्यका रूपमा विकास

यस स्थललाई धार्मिक एवं सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लागिएको छ । यसका लागि स्थानीयवासी तथा राज्य सबैको साथ र सहयोग आवश्यक हुने अध्यक्ष घिमिरेको भनाइ छ ।यस स्थललाई धार्मिक एवं सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावनालाई उजागर गर्न स्थानीयवासी तथा राज्य सबैको साथ र सहयोग आवश्यक हुने अध्यक्ष घिमिरेको भनाइ छ ।

नगरपालिकाले मन्दिर वरपरको एक सय मिटरभित्र घर निर्माणमा रोक लगाएको छ । सो क्षेत्रलाई मुख्य केन्द्र बनाएर समग्र नगरपालिकाको धार्मिक पर्यटन विकाससँगै यसलाई समृद्धिको आधार बनाउनका निम्ति नगरपालिकाले प्रयास थालेको छ ।

यस स्थललाई धार्मिक एवं सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावनालाई उजागर गर्न स्थानीयवासी तथा राज्य सबैको साथ र सहयोग आवश्यक हुने घिमिरेको भनाइ छ ।

यो पनि
इतिहास बोकेको पोरखेगढी, पर्यटनका लागि उचित गन्तव्य
प्रचार-प्रसारको अभावले ओझेलमा बराह ताल



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested