English

बच्चाहरूको दिमाग सुस्त छ ? खुवाउनुहोस् यस्ता खानेकुरा



बच्चाहरूको दिमाग पूर्ण विकास हुनु धेरै महत्त्वपूर्ण हुन्छ । पूर्ण विकास भएमा उनीहरूले छिटो बुझ्न र सिक्न सक्छन् । तर मानसिकरूपमा स्वस्थ रहनु सबैका लागि महत्त्वपूर्ण छ । यदि तपाईं मानसिक रूपमा फिट हुनुहुन्न भने कुनै पनि काम राम्रोसँग गर्न गाह्रो हुन्छ ।

सानै उमेरमा स्वस्थ मस्तिष्कको विकास धेरै महत्त्वपूर्ण छ । बच्चाले कुनै कुरा चाँडै बुझ्न वा सम्झन सक्दैन जस्तो लाग्छ भने उनीहरूको खानामा ध्यान दिनुपर्छ । बच्चालाई मानसिकरूपमा स्वस्थ र स्मार्ट बनोस् भन्ने चाहनुहुन्छ यी खानेकुरा खुवाउनुहोस् :

अण्डा

अण्डा प्रोटिनको मुख्य स्रोत हो । अण्डा खाँदा बालबालिकाको दिमाग राम्रोसँग विकास हुन्छ । अण्डाको पहेँलो भागमा कोलिन पाइन्छ जुन मस्तिष्क र स्मरण शक्तिको विकासका लागि महत्त्वपूर्ण पोषक तत्त्व हो । यसले आँखालाई पनि स्वस्थ राख्छ । अण्डामा प्रोटिन, एन्टिअक्सिडेन्ट, भिटामिन, मिनरल्स आदि प्रचुर मात्रामा पाइन्छ । यसले बच्चालाई मानसिकरूपमा धेरै तेज, तीक्ष्ण बनाउँछ । त्यसैले दिनको एउटा अण्डा खुवाउनुहोस् ।

माछा

माछा साल्मन, ओमेगा-३ फ्याटी एसिडको राम्रो स्रोत हो । जुन मस्तिष्कको विकास र कार्यका लागि आवश्यक हुन्छ । यी फ्याटी एसिडहरू पर्याप्त मात्रामा प्राप्त गर्नाले मानसिक सुधार हुन्छ । माछालाई खानामा तथा नास्ताको रूपमा दिन सकिन्छ ।

पिनट बटर

बच्चाहरूलाई पिनट बटर धेरै मनपर्छ । यो एक स्वस्थ खाजा हो जसमा भिटामिन ‘ई’ प्रशस्त हुन्छ । यसमा एन्टिअक्सिडेन्ट पनि हुन्छ जसले स्नायु झिल्लीलाई जोगाउँछ । यसमा मस्तिष्कका लागि राम्रो हुने थायमिन र ऊर्जा दिने ग्लुकोज पनि हुन्छ । पाउरोटी र केरासँग पिनट बटर दिन सकिन्छ ।

दूध र दही

भिटामिन ‘बी’ मस्तिष्कको तन्तु, न्युरोट्रान्समिटर र इन्जाइमहरूको वृद्धिको लागि आवश्यक हुन्छ । दुग्धजन्य पदार्थ पोषक तत्त्वहरूको लागि राम्रो स्रोत हो । यिनीहरू भिटामिन ‘डी’ को पनि उत्कृष्ट स्रोत हो । कम-फ्याट चीज स्टिकहरू एक उत्कृष्ट खाजा हो जुन क्याल्सियमको स्रोत हो ।

यो पनि
विवाहयोग्य छन् एचआइभी संक्रमित पनि



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्