English

एकपटक खोला तरेबापत २०० रुपियाँ तिर्नुपर्ने बाध्यता



हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज र झापा गाउँपालिका जोड्ने माई नदीको पुल एक दशकदेखि अलपत्र छ । ३१ जेठ २०६८ मा चार वर्षभित्र सक्ने सर्तसहित पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती जेभीले ठेक्का लिएको माई पुल एक दशकदेखि अलपत्र अवस्थामा छ ।

२०७२ जेठ मसान्तमा सक्ने गरी ३४ करोडमा ठेक्का लगाइएको छ । पुल ७ सय २४ मिटर लम्बाइको छ । पुल समयमा निर्माण नहुँदा बर्खामा डुंगा र हिउँदमा बाँसको पुलमा यात्रा गर्न बाध्य छन् स्थानीय । खोला तरेबापत पैसा तिर्नुपर्ने बाध्यता स्थानीयलाई छ । यो बाटो भएर दैनिक एक हजार बढी मानिस आवतजावत गर्दै आएका छन् ।

गत वर्षसम्म हिउँदमा बाँसको पुल लगाइने गरिएको थियो । स्थानीय ईश्वर माझी र उनका भाइ विपीन माझीले बर्खामा डुंगा र हिउँदमा बाँसको पुल लगाउँदै आएका छन् । यसपटक भने मध्यहिउँदमा पनि डुंगाकै भरमा नदी तर्नुपर्ने बाध्यता छ । जसकारण मोटरसाइलक आवतजावत गर्न निकै मुस्किल छ । डुंगामा चढाएर पार गर्दा दुई सय रुपैयाँसम्म लाग्ने गरेको छ ।

पहिला त बाँसको पुल हुँदा धेरै सजिलो थियो । अहिले त हिउँदमा पनि डुंगाकै भरमा हिँड्नुपर्छ ।

यसपटक हुलाकी राजमार्ग निर्माण गर्दै आएको निर्माण कम्पनी मोतिदानले नदी वारपारका लागि अस्थायी पुल निर्माण गर्ने बताएपछि ईश्वर र विपीनले यसपटक बाँसको पुल लगाएनन्, जसको मार स्थानीयले खेप्नु परेको छ । ‘पहिला त बाँसको पुल हुँदा धेरै सजिलो थियो । अहिले त हिउँदमा पनि डुंगाकै भरमा हिँड्नुपर्छ,’ सञ्जय राजवंशी भन्छन्, ‘बाँसको पुलमा भएको भए मोटरसाइकल पनि अलिक सहजै वारपार गर्न सकिन्थ्यो । डुंगामा त धेरै गाह्रो हुन्छ ।’

यसपटक सडक निर्माण कम्पनीले नदीमा अस्थायी पुल लगाउने भनेकाले आफूहरूले बाँसको पुल नलगाएको विपीन बताउँछन् । ‘बाटो बनाउनेले अस्थायी पुल लगाउँछु बाँसको पुल नलगाउनु भने । त्यही भएर यसपटक बाँसको पुल लगाइएन । तर, निर्माण कम्पनीले पनि अहिलेसम्म पुल लगाएको छैन,’ उनी भन्छन्, ‘नाउविना मान्छे र बाइक तार्न पनि सकिँदैन । नाउका लागि पानी कम हुँदा वारपार नाउ तार्न पनि समस्या छ । यसपटक साह्रै समस्या भयो ।’

यो पनि…
सीपले सिर्जना गरेको रोजगार
चित्र कोरेर गुजारा



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्