विश्वमा आजको दिन यस्ता घटना भएका थिए
आज १७ फेब्रुबरी २०२२ । आजको दिन विश्व इतिहासमा राजनीतिक तथा सामाजिक घटना घटे । ती मध्ये हामीले केही महत्त्वपूर्ण घटनालाई प्रस्तुत गरेका छौं ।
कोसोभो स्वतन्त्र
सन् २००८ मा कोसोभोले स्वतन्त्र भएको घोषणा गरेको थियो । कोसोभो युद्धपछि सो क्षेत्र साइबेरियाबाट स्वतन्त्र भएको थियो ।
कुख्यात अमेरिकी सिरियल किलर जेल चलान
सन् १९९२ मा अमेरिका कुख्यात अपराधी तथा सिरियल किलर जेफ्री दाहमरलाई चेल चलान गरिएको थियो । उनीमाथि सन् १९७८ देखि सन् १९९१ को अवधिमा कम्तिमा १७ जना पुरुषको हत्या गरेको अभियोग लागेको थियो ।
भियतनाममाथि चीनको अतिक्रमण
सन् १९७९ मा भियतनामलाई चीनले अतिक्रमण गरेको थियो । भियतनाम युद्धपछि उसले चीनभन्दा पनि सोभियत युनियनसँग सम्बन्ध मजबुत बनाएको थियो । भियतनामले चीनको विरोध र भियतनामको समर्थन गरेपछि चीनले आजकै दिन दक्षिणी भियतनाम अतिक्रमण गरेको थियो ।
माइकल जोर्डनको जन्म
आजकै दिन अमेरिकाका प्रसिद्ध बास्कटबल खेलाडी माइकल जोर्डनको जन्म भएको थियो । उनको जन्म सन् १९६३ को १७ फेब्रुबरीमा न्युयोर्कको न्युयोर्क सिटीमा भएको हो ।