English

देउवाको निष्कर्ष : एमसीसी फिर्ता भए दीर्घकालीन असर



प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार एक्लाएक्लै वार्ता भयो । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी टेबल गर्न  प्रधानमन्त्री देउवाले जोड गरिरहँदा माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी पास गर्न खोजिए सरकारबाट बाहिरिने निर्णय गरेपछि दुई नेताबीच भेटवार्ता भएको थियो ।

एक्लाएक्लै भएको भेटपछि नेताहरूले आफूहरू निकटका नेताहरूलाई छलफलबारे जानकारी गराएका थिए । प्रचण्डले पार्टीमा अधिकांश एमसीसीको बिपक्षमा रहेकाले परिमार्जन नगरी एमसीसी पास गर्न नसक्ने स्थानमा पुगेको बताएपछि प्रधानमन्त्री देउवाले जसरी पनि पास गर्नुको विकल्प नभएको बताएका थिए ।

गठबन्धनभित्र नै विरोध देखिएपछि आफू समस्यामा परेको भन्दै देउवाले दुखेसो पोखेको स्रोतको भनाइ छ । ‘गठबन्धन बनाइयो तर तपाईंहरूले नै विरोधमा निर्णय गर्नुभयो यसले समस्या पर्‍यो,’ देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो । अमेरिकाले यसलाई गम्भीर रूपमा लिने र यसको प्रभाव देशमा नराम्रो पर्ने देउवाको भनाइ थियो ।

वैदेशिक सहायता, अनुदानमा रोकावट आउने भन्दै यसले दीर्घकालीन रूपमा समस्या पर्ने र सरकार पनि अप्ठ्यारोमा पर्ने देउवाको भनाइ थियो । ‘अमेरिकाले असहयोग गर्दा विश्व बैंक, मुद्राकोष, एशियाली विकास बैंकलगायत प्राप्त हुने कुराहरू हुँदैनन्,’ देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘भारतलगायतका देशले पनि सहयोग नगर्ने अवस्था बन्न जान्छ ।’

वैदेशिक सहायता, अनुदानमा रोकावट आउने भन्दै यसले दीर्घकालीन रूपमा समस्या पर्ने र सरकार पनि अप्ठ्यारोमा पर्ने देउवाको भनाइ थियो ।

देउवाले बारम्बार भने, ‘तपाईंले सरकारको बाध्यता बुझिदिनु पर्‍यो ।’ सरकारले विकास निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने भएकाले एमसीसी पास गर्नुको विकल्प नभएको देउवाको भनाइ थियो । आफ्नो पार्टीले एमसीसी पास गर्ने निर्णय गरिसकेकाले प्रधानमन्त्री र पार्टी सभापति भएपछि त्यसको कार्यान्वयनमा लाग्नु पर्ने बाध्यता रहेकोमा उनको जोड थियो ।

‘तपाईं पार्टीका कारण गर्न नसक्ने भएपछि मैले पनि त पार्टी निर्णय अनुसार अघि बढ्नु पर्ने हुन्छ,’ देउवाले प्रचण्डलाई भनेका थिए । देउवाले प्रचण्डलाई एमसीसीको विपक्षमा मतदान गरेपनि सरकारमै बस्न र गठबन्धन कायम गर्न सकिने प्रस्ताव पनि गरेको स्रोतको दाबी छ । तर,प्रचण्डले विपक्षमा मत दिएपछि नैतिकताको आधारमा सरकार र गठबन्धनमा रहन नमिल्ने तर्क गरेका थिए ।

दुई जनाबीच कुनै ठोस निर्णय नभएपछि गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्मालाई बैठकमा बोलाइएको थियो । खाँण उपस्थित भएपनि धेरैबेरसम्म अर्थमन्त्री उपस्थित नभएपछि चार जनाबीचको बैठक भने हुन नसकेको स्रोतको भनाइ छ । त्यसपछि नेताहरूबीच बिहीबार लागि गठबन्धनको बैठक बोलाउने सहमति जुट्यो ।
यो पनि
एमसीसी : अप्ठ्यारोमा प्रचण्ड
एमसीसी : सडक र संसद्का यी दश घटना



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।