English

डिप्रेसन र एन्जाइटीमा के छ फरक ? (भिडियो पनि)



मानसिक रोगको समस्याले अहिले धेरै मानिसहरूलाई सताइरहेको छ । डिप्रेसन र एन्जाइटीको नाम सुनेर नै मानिसहरू तर्सन्छन् । यी दुईमा के फरक छ भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । यी दुईलाई दिमागी असन्तुलनमा राख्ने भन्दा पनि यी दुईमा के फरक छ भन्ने कुरा जान्नु पनि महत्वपूर्ण हुन्छ ।

एन्जाइटीलाई नेपालीमा दुशचिन्ता भनिन्छ । अत्यधिक चिन्ता लाग्ने, डर लाग्ने, जुन कुरा सम्भव हुँदैन त्यो कुरा भइहाल्छ कि भनेर डराउने यी एन्जाइटीका साइकोलोजिकल लक्षणहरू हुन् ।

त्यस्तै, फिजिकल लक्षणहरू पनि एन्जाइटीमा देखापर्छ । शरीर दुख्ने, पोल्ने, झमझमाउने, मुटुको धड्कन बढेजस्तो हुने छातिमा केही चिजले थिचेजस्तो हुने, घाँटी न्याकेजस्तो हुने, खाना खाँदा वा पानी खाँदा घाँटीमा केही अड्केजस्तो महसुस हुने हुन्छ ।

त्यस्तै, डिप्रेसनमा भएको मानिस दुई हप्ताभन्दा बढी हरेक दिन प्रायजसो समय निराश हुन्छ । बिनाकारण वा स–साना कारणले पनि नरमाइलो लाग्ने, दिक्दारी लाग्ने, निराश हुने र पहिले–पहिले रुचिकर लाग्ने कुराहरूले पनि पछि रमाइलो लाग्न छोड्छ फिजिकल जाँच गराउँदा केही पनि समस्या देखिँदैन ।

तर, छिट्टै थाक्ने, गल्ने र निद्रामा पनि समस्या देखापर्छ । कुनै डिप्रेसनमा भने धेरै सुत्ने पनि हुन सक्छ । धेरैजसो डिप्रेसनको बिरामीहरूमा खानाको रुचिमा कमी आउँछ भने केही केही बिरामीहरूले धेरै खाने पनि हुन्छन् ।

कारण

व्यक्तिको मनोविज्ञान र सामाजिक कारणले गर्दा एन्जाइटी र डिप्रेसनजस्ता समस्या देखिने गर्छन् । वंशाणुगत कारणले पनि यी मानसिक रोग लाग्ने गर्छन् । तर, वंशाणुगत कारणलाई साइकोलोजिकल र सामाजिक कुराले बढावा दिन्छ ।

बच्ने उपाय र उपचार

कति अवस्थामा डिप्रेसन र एन्जाइटीबाट बच्ने कुरा व्यक्तिको हातमा पनि हुँदैन । तर, पनि यी समस्याबाट बच्न व्यक्तिले आफ्नो जीवन सहज र सरल बनाउनुपर्छ । पूरा हुन नसकेका इच्छा आकंक्षाहरूलाई सहज रूपमा लिनुपर्छ । मनमा आएका नराम्रा सोचहरू र धारणाहरू अरूलाई सेयर गर्नुपर्छ ।

सानो कुरामा पनि सन्तोष रहनुपर्छ । यस्तै, लागुऔषधको सेवन र दुव्र्यसनीबाट टाढा रहनुपर्छ । सबैखाले मानसिक स्वास्थ्य समस्याको उपचार छ । समयमै उपचार भएमा यो रोग पूर्ण निको हुन्छ ।

भिडियो:

यो पनि…
क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर कज’
मुखको क्यान्सर : कारण, लक्षण र रोकथाम



सम्बन्धित खबरहरु

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

Latest










Popular
Suggested