English

बप्पी लाहिरी : गिनिज बुकमा नामदेखि माइकल ज्याक्सनसमेत फ्यान



८० र ९० को दशकमा भारतमा डिस्को संगीतलाई लोकप्रिय बनाएका संगीतकार तथा गायक बप्पी लाहिरीको ६९ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।

एक महिनादेखि अस्पतालमा भर्ना भएका बप्पीलाई सोमबार मात्र डिस्चार्ज गरिएको थियो । तर, मंगलबार उनको स्वास्थ्य अवस्था बिग्रिएपछि बप्पीको परिवारले डाक्टरलाई घरमा बोलाएका थिए ।

यद्यपि, स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई पुनः अस्पतालका लगिए पनि उनलाई बचाउन डाक्टर असफल भए ।

बप्पी भारतमा डिस्को किंगका रूपमा परिचित थिए । आमा बन्सरी लाहिरी र बुबा अपरेश लाहिरीको कोखबाट सन् १९५२ मा कलकत्ताको पश्चिमी बंगालमा जन्मिएका उनले १९ वर्षको उमेरमा संगीत निर्देशनको रूपमा आफ्नो करियरको शुरुवात गरेका थिए । उनका बुबा आमा पनि संगीतकार एवं गायक–गायिका थिए ।

बप्पीले पहिलोपटक बंगाली फिल्म ‘दादु’ (१९७२)मा गीत गाउने मौका पाए । उनले हिन्दी फिल्ममा आफ्नो ठाउँ ‘नन्हा शिकारी’ (१९७२) बाट बनाए । यस्तै, ताहिर हुसेनको हिन्दी फिल्म, ‘जख्मी’ (१९७५)बाट बलिउडमा आफूलाई स्थापित गरी गायकको रूपमा पहिचान बनाउन सफल भएका थिए ।

१९७०–८०को दशकमा समयमा एकदमै लोकप्रिय उनले भारतीय सिनेमामा संश्लेषित डिस्को संगीतलाई अझ राम्रोसँग एकीकृत गर्न मद्दत गरेका थिए ।

बप्पीले भर्खरै आयुष्मान खुराना र जितेन्द्र कुमार स्टारर फिल्म ‘शुभ मंगल जब सावधान’ का लागि ‘अरे प्यार कर ले’ शीर्षकको आफ्नो गित ‘यार बिना चैन कहाँ रे’ को रिमिक्स गरेका थिए । उक्त फिल्म रिलिज हुन बाँकी छ ।

बलिउडमा ‘बप्पी दा’ भनेर चिनिने उनी लोकप्रिय हुने अर्को कारण उनले लगाएका गहना पनि थियो । त्यही कारण उनलाई ‘भारतको गोल्डमेन’ पनि भनिन्थ्यो ।

राजकुमारले भनेका थिए, ‘मंगलसूत्र पनि लगाउनु पथ्र्यो’

बप्पीले सुन लगाएको देखेर एकपटक अभिनेता राजकुमारले उनको मजाक उडाएका थिए । यो किस्सा एक पार्टीको हो । एक पार्टीमा बप्पीसँगको भेटमा अभिनेता राजकुमारले बप्पीलाई तलदेखि माथिसम्म हेरेर आफ्नै शैलीमा ठट्टा गर्दै सोधे–‘वाह, क्या सानदार ! १ एक से एक गहना लगाएका छौँ । मात्र मंगलसूत्रको कमी रह्यो । यो सुनेपछि बप्पी हेरेको हेरेकै भएका थिए ।

माइकल ज्याक्सनसमेत बप्पीका फ्यान

केही वर्षअघि बप्पी ‘द कपिल शर्मा शो’ मा पाहुनाका रूपमा आएका थिए । त्यहाँ उनले आफूले गलामा भगवान् गणेशको सुनको लकेट लगाएको देखेर विश्वविख्यात माइकल ज्याक्सनले तारिफ गरेको बताएका थिए । ‘एक कार्यक्रममा जब माइकल ज्याक्सनसँग भेट भयो, उनले मेरो गलामा भगवान् गणेशको लकेट देखे । अनि ‘फेन्टास्टिक, यो निकै सुन्दर छ’ उनले भने, ‘उनले मेरो गीत ‘जिम्मी जिम्मी’को पनि तारिफ गरेका थिए ।’

गिनिज बुकमा नाम

बप्पीले एउटा अनौठो रेकर्ड कायम गरेका छन् । सन् १९८७ मा उनले ३३ फिल्मका लागि करिब एक सय ८० गीत कम्पोज गरेका थिए । एकै वर्षमा यति धेरै गीत रेकर्ड गरेबापत ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा नाम लेखाएका थिए ।

तीन वर्षको उमेरमा तबला बजाउन सिकेका उनले ११ वर्षको उमेरमै संगीत दिन नै शुरु गरेका थिए । १३ वर्षको उमेरमा बलिउडमा स्थान बनाउनका लागि कोलकाताबाट मुम्बई आएका थिए । उनले ४८ वर्षको करियरमा करिब पाँच सय फिल्ममा ६ हजार गीत कम्पोज गरेका थिए ।

यो पनि
को बन्छन् लता मंगेशकरको सम्पत्तिको हकवाला ?
चर्चित भारतीय गायिका लता मंगेशकरको निधन



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।