बजारमा कति छ फलफूल तथा तरकारीको मूल्य ? [सूची]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज फागुन ४ गते बुधबार एक किलोग्राम गोलभेंडाको मूल्य ७६ रूपैयाँ ६७ पैसा तोकिएको छ ।
एक किलोग्राम रातो आलुको मूल्य २६ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ६१ रूपैयाँ छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ४० रूपैयाँ तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको ४५ मूल्य, रातो मूला ४६ रूपैयाँ ६७ पैसा, सेतो मूला १२ रूपैयाँ ५० पैसा, भन्टा ६६ रूपैयाँ ६७ पैसा, मटरकोशा ७५ रूपैयाँ तोकिएको छ । त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ११० रूपैयाँ तोकेको छ ।
एक किलोग्राम सुन्तलाको मूल्य १७५ रूपैयाँ तोकिएको छ भने एक किलोग्राम कालो अंगुरको मूल्य २२५ तोक्दा हरियो अंगुरको मूल्य १३५ रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम कागतीको मूल्य ११० रूपैयाँ तोकिएको छ ।


