English

सम्झनामा ताना, बाँचिरहनेछ झर्रो सुगन्ध



लेखनीमा झर्रो नेपालीपनको सुगन्ध पस्कने नेपाली साहित्यका विराट प्रतिभा डा.तारानाथ शर्माको निधनबाट साहित्य क्षेत्रमा अपुरणीय क्षति पुगेको छ । बहुआयामिक र निर्भिक व्यक्तित्व डा.शर्मा कुशल शब्दशिल्पीका साथै नेपाली र अङ्ग्रेजी दुवै भाषाका प्रखर विद्वान् थिए । उनको भौतिक शरीर हामीमाझ रहेन ।

अब उनका कृतित्त्व र व्यक्तित्त्व सम्पत्तिका रूपमा रहन पुगेका छन् । समालोचक एवं साहित्यिक अग्रजले डा.शर्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनका कृतित्त्व र व्यक्तित्त्व बहुआयामिक भएकाले उनको योगदान अन्य कुनै स्रष्टासँगका योगदानभन्दा पृथक भएको बताएका छन् । वरिष्ठ साहित्यकार डा.मोदनाथ प्रश्रितले डा.शर्मालाई संक्षेपामा सम्झँदै भने, ‘उहाँ प्रखर मान्छे हुनुहुन्थ्यो । लागेको कुरा बोल्न र विश्लेषण गर्न सक्ने स्वभावका धुरन्धर विद्वान् हुनुहुन्थ्यो । प्रगतिशील साहित्यका क्षेत्रमा उहाँको विशेष योगदान रहेको छ ।’

संस्कृतिविद् प्रश्रितले डा.शर्मामा हरेक विषयमा अध्ययन गहिरो हुने भएकाले कुनै अभिव्यक्ति दिनुपर्दा लुकाएर र छिपाएर नभई खरोरूपमा प्रस्तुत गर्ने स्वभाव पाइने स्मरण गरे । वरिष्ठ साहित्यकार श्यामल अधिकारीले डा.शर्मा आफ्नो समयका बाघ भएको र उनी एक प्रकारले नेपाली समालोचना र निबन्धको सन्दर्भमा परम्परा र प्रचलित मान्यताभन्जक मानिने टिप्पणी गरे ।

लेखनीमा झर्रो नेपालीपनको सुगन्ध पस्कने नेपाली साहित्यका विराट प्रतिभा डा.तारानाथ शर्माको निधनबाट साहित्य क्षेत्रमा अपुरणीय क्षति पुगेको छ । बहुआयामिक र निर्भिक व्यक्तित्व डा.शर्मा कुशल शब्दशिल्पीका साथै नेपाली र अङ्ग्रेजी दुवै भाषाका प्रखर विद्वान् थिए । उनको भौतिक शरीर हामीमाझ रहेन ।

‘नेपाली समालोचना विधालाई नयाँ मोड र आकार दिनेमध्येका उहाँ अगुवा हुनुहुन्थ्यो । केही आफ्नो अध्ययन र दृढ निजी विचारका कारण जति नै आलोचित भए पनि उहाँले जतिबेला जे उचित ठाने, स्पष्ट बोले, स्पष्ट लेख्नुहुन्थ्यो । यद्यपि उहाँले स्वयं आफ्नै मान्यता खण्डित गर्नु परेका उदाहरण पनि उल्लेख गर्ने गरिन्छ’, साहित्यकार श्यामलले भने, ‘शर्माले निजात्मक शैलीमा उत्कृष्ट निबन्ध दिनुभयो । यात्रा निबन्धलाई उचाईमा पुर्‍याउनुभयो । निर्भिकता लेखनको सबैभन्दा महत्त्वपूर्ण गुण थियो । आकर्षक भाषा र विशिष्ट शैलीका कारण उहाँले हामीलाई आफ्नो आफनो विशिष्ट अभिव्यक्ति कौशल देखाउनुभयो ।’

मूल रूपमा उनलाई देवकोटा र शङ्कर लामिछानेको शैली र परम्पराबाट उठेर फरक निजात्मक नेपाली निबन्धको श्रीगणेश गर्ने श्रेय जान्छ भन्दै साहित्यकार श्यामलले अनुज पुस्ताका प्रेरक रहिआएका उनी प्रतिभाको पहिचान र कदर गर्न सक्ने दरो मुटु भएका समालोचक भएको बताए । उनको निधनले नेपाली साहित्यको यस्ता निर्भिक तर विराट प्रतिभाको अस्त भएको अनुभव हुने बताए । प्रतिभाविहीन लेखनदासलाई डा.शर्माले कहिल्यै लेखक नमान्ने र ठीक बेठीकको निर्णय दिन नसक्ने समालोचकलाई शर्माले समालोचक नमानेको साहित्यकार श्यामलको बुझाइ छ ।

त्रिभुवन विश्वविद्यालयका नेपाली केन्द्रीय विभागका प्रा.डा.लक्ष्मणप्रसाद गौतमले डा.शर्माले साहित्यका सबै विधामा अब्बल रहेको मूल्याङ्कन गर्दै नियात्रादेखि भाषा अभियान मात्र नभएर कथा लेखनमा पनि उनको सशक्त र मौलिक पहिचानको प्रशंसा गरे । त्रिवि नेपाली विषय समितिका सदस्य डा. गौतमले भने, ‘मेरो जागीरे जीवनको सुरुआत डा.शर्माको लेखनी रहेको कक्षा ८, ९ र १० को पाठ्यक्रममा समावेश ‘महेन्द्रमाला’ नेपाली विषय पढाएर भएको हो । त्यस प्रकारको विशिष्ठ र मर्मज्ञखालको पाठ्यपुस्तक त्यसपछि मैले कुनै पनि पाएको छैन । उहाँमा बालबालिकाले कस्तो रुचाउँछन् र उनीहरूलाई कसरी शिक्षा दिनुपर्छ भन्ने राम्रो ज्ञान थियो ।’ डा.गौतमले आफू महासचिव रहेको मानव नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको सल्लाहकार रहेका र भाषाप्रतिको डा.शर्माले दर्शाभएको असाध्यै गहिरो प्रेमको पनि स्मरण गरे ।

मूलरूपमा शर्मालाई देवकोटा र शङ्कर लामिछानेको शैली र परम्पराबाट उठेर फरक निजात्मक नेपाली निबन्धको श्रीगणेश गर्ने श्रेय जान्छ । अनुज पुस्ताका प्रेरक रहिआएका उनी प्रतिभाको पहिचान र कदर गर्न सक्ने दरो मुटु भएका समालोचक थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानले शर्माको निधनबाट भरपर्दा र उच्च बौद्धिक अभिभावक गुमाउनुपरेको जनाएको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ र सदस्यसचिव प्रा.जगतप्रसाद उपाध्यायले संयुक्तरूपमा जारी गरेको विज्ञप्तिमा डा.शर्माका कृतिहरू राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, आत्मगौरव, स्वाभिमान, विश्व मानवताका सन्देशयुक्त भएको जनाएको छ ।

इलामको सूर्योदयन नगरपालिका-९, बरबोटमा विसं १९९१ असार ९ गते जन्मिएका डा.शर्माको आज बिहान ८७ वर्षको उमेरमा निधन भएको थियो । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । झर्रोवादी आन्दोलनका अगुवा डा.शर्मा उनी मधुमेह र बिर्सने रोगबाट पीडित थिए । उनको कृति ‘बेलाइततिर बरालिँदा’ ले २०२६ सालमा मदन पुरस्कार तथा ‘सम र समका कृति’ले २०२९ सालमा साझा पुरस्कार पाएको थियो भने उनले २०२३ सालमा रत्नश्री स्वर्णपदक र २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कारसमेत पाएका थिए ।

यो पनि
साहित्यकार तारानाथ शर्माको निधन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वासु आचार्य, मनोविश्लेषक । केही दिन अघि मात्र बेबी बम्पको फोटो सार्वजनिक गरेपछि चर्चामा छिन् नायिका प्रियंका कार्की । यसअघि

कुनै पनि देशमा राजदूत पदलाई विशिष्ट मानिन्छ । चाहे संसारको सबैभन्दा सानो राष्ट्र मानिएको रोम शहरभित्रै रहेको भ्याटिकन (०.९७ वर्ग

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा