English

क्यान्सर उपचारको पहुँचमा छैनन् बालबालिका

२०३० सम्ममा बालबालिकालाई क्यान्सरमुक्त बनाउने सरकारी लक्ष्य


नेपालमा वर्षेनि २५ हजार नयाँ क्यान्सर रोगबाट पीडितमध्ये १ हजार ५ सय जना बालबालिका नै रहेका छन् । तर, आर्थिक अभाव र जनचेतनाको कारणले अझै पनि दुईतिहाइ बालबालिका क्यान्सरको उपचारबाट वञ्चित छन् ।

बिरामीमध्ये रक्त, मस्तिष्क, रक्त ग्रन्थी (लिम्फोमा), आँखा र मिर्गौलाका ट्युमर जस्ता क्यान्सरबाट पीडित बालबालिकाहरू उपचारका लागि अस्पताल आउने गरेका छन् । कान्ति बाल अस्पतालका निर्देशक डा. अजित रायमाझीले सबै अस्पतालमा आइपुग्ने सङ्ख्या जोड्दा अझै सो सङ्ख्यामा बालबालिका क्यान्सरको पूर्ण उपचारबाट वञ्चित रहेको बताउँछन् । अहिले एकतिहाइ मात्र उपचार गर्न आउँछन् । धेरै अभिभावकमा आफ्ना बालबालिकामा हुने क्यान्सर उपचारबाट निको पार्न सकिन्छ भन्ने चेतनाको कमी रहेको उनले बताए ।

‘क्यान्सरको उपचार खर्चालु छ, दुई–तीन वर्ष उपचार गर्नुपर्दछ र औषधि महँगो छ भनेर धेरै अभिभावकले बालबालिकालाई उपचार गराउन ल्याउँदैनन्’, उनले भने, ‘अभिभावकलाई क्यान्सर रोग उपचार गरे निको हुन्छ र धेरै खर्च लाग्दैन भनेर चेतना जगाउनुपर्दछ ।’

आज नेपालसहित विश्वभरि अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाइँदै छ । आज बालबालिकामा हुने क्यान्सरसम्बन्धी सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू ल्याएको छ । सरकारले बालबालिकाको क्यान्सर उपचारका लागि अस्पतालमा उपलब्ध कतिपय सेवा निःशुल्क गरेको छ । एक लाखसम्मको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । डा. रायमाझीका अनुसार उपचार हुने अस्पतालमा पुगिसकेकामध्ये २० देखि ३० प्रतिशत आर्थिक अभावको कारणले उपचार नगरिकन वा उपचार बीचैमा छाडेर घर जाने गरेका छन् ।

‘क्यान्सरको उपचार खर्चालु छ, दुई–तीन वर्ष उपचार गर्नुपर्दछ र औषधि महँगो छ भनेर धेरै अभिभावकले बालबालिकालाई उपचार गराउन ल्याउँदैनन, ‘अभिभावकलाई क्यान्सर रोग उपचार गरे निको हुन्छ र धेरै खर्च लाग्दैन भनेर चेतना जगाउनुपर्दछ ।’

नेपालमा वर्षेनि २५ हजार नयाँ क्यान्सर रोगी थपिने गरेकोमा तीमध्ये एक हजार ५०० बालबालिका रहने गरेका छन् । बालबालिकालाई रक्त, मस्तिष्क, रक्त ग्रन्थी (लिम्फोमा), आँखा र मिर्गौलाका ट्युमरजस्ता क्यान्सर लाग्ने गरेका छन् ।

नेपालमा बालबालिकाको क्यान्सर कान्ति अस्पतालसँगै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, तिलगङ्गा आँखा अस्पताल लगायतमा उपचार हुन्छ ।

कान्तिमा गतवर्ष २०० जना बाल क्यान्सरका बिरामीको उपचार भएको थियो । विश्व स्वास्थ्य संगठनले नेपाललाई बाल क्यान्सरसम्बन्धी विश्वव्यापी अभियानको फोकस राष्ट्रको रूपमा समेत सूचीकृत गरेको छ ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. विष्णुदत्त पौडेलले बाल–क्यान्सर उपचार गरे ७० प्रतिशतलाई निको हुने बताउँछन् । क्यान्सरबाट जोगाउन बालबालिकाको उपचारमा पहुँच पु¥याउनुपर्छ । साथै, उपचार केन्द्रलाई थप सुदृढीकरण गर्नु आवश्यक रहेको उनले बताए ।

पौडेलका अनुसार गतवर्ष भक्तपुर क्यान्सर अस्पतालमा एकदेखि चार वर्षसम्मका ४३, पाँच वर्षदेखि १४ वर्षसम्मका १६३ र १५ देखि १९ वर्षसम्मका २ सय १४ जनाको उपचार भएको थियो । अस्पतालका निर्देशक डा. पौडेलले बालिकाको पाठेघरमा हुने क्यान्सरको खोप लगाउन सके यो रोग नलाग्ने बताए । ‘अहिले हुनेखानेले मात्र आफ्ना बालबालिकालाई पाठेघरमा हुने क्यान्सरको खोप लगाएका छन्’, उनले भने, ‘सरकारले नै बालबालिकालाई पाठेघरमा हुने क्यान्सरविरुद्ध खोप लगाउन सके धेरै बालबालिका क्यान्सरबाट बच्न सक्ने थिए ।’

यस्तै, तिलगङ्गा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकार बालबालिकाका आँखाको भित्री भागको पर्दाबाट पलाउने (रेटिनोब्लास्टो) क्यान्सर बढी हुने गरेको बताउँछिन् । पाँच वर्षमुनिका बालबालिकालाई यस्तो समस्या हुने उनको भनाइ छ ।

डा. राजकर्णिकारका अनुसार यस्तो रोग १५ हजार बालबालिकामध्ये एक जनामा देखिन्छ । यसको ढिलो उपचार भएमा आँखाको सबै भागमा फैलिएर अन्धोपनजस्ता समस्या हुने भएकोले समयमा नै उपचार गर्नुपर्ने हुन्छ । तिलगङ्गामा वार्षिक ५० जना बालबालिकालाई रेटिनोब्लास्टो क्यान्सर हुने गरेको बताउँछिन् ।

यस्तै, पाटन अस्पतालका बालरोग तथा क्यान्सर रोग विशेषज्ञ डा. सुचारिका तुलाधरले अस्पतालमा दुई वर्षदेखि बाल क्यान्सरको उपचार गर्न थालिएको जानकारी दिइन् । अस्पतालमा ३० जनासम्म बाल क्यान्सर बिरामीको उपचार गरिएको छ ।

कान्ति बाल अस्पतालले बाल क्यान्सरको उपचारमा संलग्न नर्सिङ स्टाफलाई तालिम दिएको छ । अस्पतालका नर्सिङ निरीक्षक इन्दु अधिकारी बस्नेत र स्टार्फ नर्स वन्दना अधिकारीले भारतको क्रिश्चियन मेडिकल कलेजबाट तीनमहिने बाल क्यान्सरसम्बन्धी तालिम लिएका छन् ।

यो रोगबारे जनेचतना जगाउने तथा बेलैमा उपचारका लागि अस्पताल पुग्न सके समस्या समाधान सहज हुने नर्सिङ निरीक्षक बस्नेत बताउँछन् । अस्पतालका निर्देशक डा रायमाझीले अस्पतालमा बालबालिकाको क्यान्सर वार्डका लागि पाँच श्ययाको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) स्थापना गर्न तयारी गरिएको जानकारी दिए । नेपालले सन् २०३० सम्ममा बाल क्यान्सरमुक्त बनाउने लक्ष्य लिएको छ ।

यो पनि…
क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर कज’
मुखको क्यान्सर : कारण, लक्षण र रोकथाम



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ