कोरोना : एकैदिन थपिए ६ लाख संक्रमित, ३७ देशको अवस्था भयावह !
भ्याक्सिनेशन शुरु भएपछि पनि विश्वमा कोरोना भाइरसको खतरा बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ८० हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यस्तै ९ हजार ८१२ जनाले गत २४ घण्टामा ज्यान गुमाएका छन् ।
यो आँकडा गत एक हप्ता यता बढीरहेको छ । यो भन्दा पहिला हरेक दिन ४ लाख भन्दा कम संक्रमित फेला पर्दथे । नयाँ संक्रमितको संख्यालाई मध्यनजर गर्दै पाकिस्तानसहित ३७ देशमा कोरोनाको तेश्रो र चौथो लहर आउने डर पैदा भएको छ । यसमा अमेरिका, ब्राजिल, बलायत, फ्रान्स, जर्मनी, पोल्याण्ड, इटाली, यूक्रेन, स्पेन जस्ता देशहरु रहेका छन् । यी मध्ये केही देशले कोरोना भाइरसको दोश्रो र केहीले तेश्रो लहर झेलिसकेका छन् ।

अमेरिकाको फ्लोरिडाका युवाहरुमा तीव्र गतिले फैलियो भाइरस
अमेरिकामा अचम्मित बनाउने रिपोर्ट सार्वजनिक भएको छ । फ्लोरिडाको स्टेटमा कोरोनाभाइरस एक पटक फेरि तीव्र गतिले फैलिन थालेको छ । यो पटक सबैभन्दा धेरै युवाहरुमा कोरोना भाइरस फैलिरहेको छ । न्यूयोर्क टाइम्सका अनुसार त्यहाँ हरेक दिन ५ हजार भन्दा धेरै संक्रमित पाइने गरेका छन् । पहिलाको तुलनामा त्यहाँ ८ प्रतिशतले संक्रमित बढीरहेका छन् । यसमा पनि ८० देखि ९० प्रतिशत संक्रमितको उमेर ४० को हाराहारीमा छ ।
पाकिस्तानमा तेश्रो लहर रोक्नका लागि लकडाउन
पाकिस्तानमा एक पटक फेरि कोरोना भाइरसको संक्रमण तीव्र गतिले बढीरहेको छ । त्यहाँ तेश्रो लहरको कोरोनाको त्रास पैदा भएको छ । त्यसैले पाकिस्तान सरकारले लकडाउन गरेको छ ।

पाकिस्तानमा विवाह, समारोह जस्ता कार्यक्रममा भीड गर्न पाइने छैन । पाकिस्तानमा अहिले ५ हजार केस हरेक दिन फेला परिरहेका छन् भने डेढ सय जनाको मृत्यु हरेक दिन कोरोना भाइरसका कारण भइरहेको छ ।
रुसका मानिसमा गर्मीसम्म हर्ड इम्यूनिटी आउने
रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले यो वर्षको गर्मी समयसम्म रुसका मानिसमा हर्ड इम्यूनिटी आउने बताएका छन् । यस्तै रफ्तारमा चल्ने भए ७० प्रतिशत मानिसमा एडल्ट्सको भ्याक्सिनेशन प्रक्रिया पूरा उनले बताएका छन् । यसले मानिसमा हर्ड इम्यूनिटी आउने उनको भनाइ छ ।
अहिलेसम्म १२ करोड मानिस संक्रमित
विश्वभरमा अहिलेसम्म १२ करोड ७८ लाख ६३ हजार ६०३ जनामा कोरोना संक्रमण भएको छ भने १० करोड ३ लाख ६२ हजार ३५९ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै २७ लाख ९७ हजार ६६३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । नेपालमा पनि अहिलेसम्म २ लाख ७६ हजार ९८० जनालाई कोरोना संक्रमण भएको छ भने ३ हजार २७ जनाको मृत्यु भएको छ । त्यस्तै २ लाख ७२ हजार ६०१ जना संक्रमण मुक्त भएका छन् ।
एजेन्सीको सहयोगमा