तरकारी र फलफूलको मूल्य घटबढ [सूचीसहित]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज फागुन ३ गते मंगलबार एक किलोग्राम गोलभेंडाको मूल्य ७६ रूपैयाँ ६७ तोकिएको छ ।
एक किलोग्राम रातो आलुको मूल्य २६ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ६१ रूपैयाँ ६७ पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य २८ रूपैयाँ ३३ पैसा तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको ३५ मूल्य, रातो मूला ४६ रूपैयाँ ६७ पैसा, सेतो मूल १२ रूपैयाँ ५० पैसा, भन्टा ७ट रूपैयाँ ६७ पैसा, मटरकोशा ७६ रूपैयाँ ६७ पैसन तोकिएको छ । त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ११० रूपैयाँ तोकेको छ ।
एक किलोग्राम सुन्तलाको मूल्य २७५ रूपैयाँ तोकिएको छ भने एक किलोग्राम कालो अंगुरको मूल्य २२५ तोक्दा हरियो अंगुरको मूल्य १३५ रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम कागतीको मूल्य ११५ रूपैयाँ तोकिएको छ ।
यो पनि
घट्यो फलफूल र तरकारीको मूल्य


