English

अभिनेत्री रेखाले गरिन् बलरामसँग अदालती विवाह



आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । अझै भनौैं मायाको पर्व । प्रेमिल जोडीहरुका लागि विशेष दिन । आजकै दिन अभिनेत्री रेखा थापाको प्रेमसम्बन्ध विवाहमा परिणत भएको खुलासा भयो । उसो त उनलाई बधाईको ओइरो लागेको छ ।

अभिनेत्री थापाले केही साता अघि जाजरकोटका बलराम शाही ठकुरीसँग काठमाडौं जिल्ला अदालतमार्फत अदालती विवाह गरेको खुलेको छ । गुपचुप कोर्ट म्यारिज गरेकी थापाको प्रणय दिवसकै दिन शाहीसँगको तस्बिर एकाएक सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म भाइरल बन्यो ।

तपाईंले जे सुन्नुभयो त्यही हो,’ रेखाले भनिन्, ‘अहिलेलाई शुभकामना दिनुस् अरु कुरा पछि गरौंला ।

मेरो लाइफस्टाइलसँगको कुराकानीमा थापाले आफूले विवाह गरेको तर, यहाँभन्दा बढी अहिले नबोल्ने बताइन् । ‘तपाईंले जे सुन्नुभयो त्यही हो,’ रेखाले भनिन्, ‘अहिलेलाई शुभकामना दिनुस् अरु कुरा पछि गरौंला ।’

स्थायी घर जाजरकोट भएपनि शाही अमेरिका बस्दै आएका छन् । उनी एक पर्यटन व्यावसायी रहेको स्रोतले जनाएको छ । थापा र शाहीबीच एकवर्षदेखि प्रेम रहेको खुलेको छ । उनीहरु वैशाखमा विवाह गर्ने योजनामा थिए । तर, वैशाखमा कुनै गतिलो साइत नजुरेपछि माघमै कोर्ट म्यारिज गरेको जनाइएको छ ।

हिम्मत, हिफाजत, किस्मत, अन्दाज, कसले चोर्यो मेरो मन, हिम्मतवाली, काली, दुर्गालगायतका हिट फिल्ममा अभिनय गरेकी थापा पछिल्लो समय राजनीतिमा सक्रिय छिन् । गत मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्रीमा पदमा उम्मेदवारी दिएर पराजित भएकी थिइन् ।

९ वर्ष अघि चलचित्र निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेयता उनी एक्लै रहेकी थापा विवाह बन्धनमा बाँधिएकी हुन् ।

याे पनि
चार वर्षअघिमात्रै प्रवेश गरेर यति धेरै मत पाउँदा प्रसन्न छु : रेखा थापा
रेखा थापा– पहिले गणतन्त्र अहिले राजतन्त्र



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।