English

बाइडेनलाई युक्रेन भ्रमणको निम्तो



युकेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले युक्रेनसँगको अवस्था ‘शान्त गर्न’ र ‘शक्तिशाली संकेत’ पठाउन अमेरिकी राष्ट्रपति जो बाइडेनलाई किभको भ्रमण गर्न आग्रह गरेका छन् । रसियासँगको सीमा विवादबीच अमेरिका र रसियाको तनाव बढिरहेका बेला जलेन्स्किीले बाइडेनलाई सो अनुरोध गरेका हुन् ।

राष्ट्रपति जेलेन्स्किीको निम्तोबारे बाइडेनले कुनै प्रतिक्रिया जनाएका छैनन् । यसअघि उनले युक्रेनबाट सम्पूर्ण अमेरिकी नागरिकलाई स्वदेश फर्किन अनुरोध गरेका थिए ।

यसैबीच, जर्मन चान्सलर अलाफ सोल्जले युद्धको जोखिम पुटिनमा निर्भर रहेको बताएका छन् । युक्रेनको तनाव युरोपको शान्तिमा एउटा गम्भीर खतरा भएको उनको भनाइ छ । राष्ट्रपति जेलेन्स्किीलाई भेट्न जर्मन चान्सलर सोल्जले किभको भ्रमण गर्दैछन् । जेलेन्स्किीलाई भेटेपछि सोल्ज पुटिनलाई भेट्न मस्को जाने कार्यक्रम छ ।

यो पनि
यी देशले गरे आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह
युक्रेन मामिला : अमेरिका र रसियाबीच आरोप-प्रत्यारोप



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

हरेक वर्ष अगष्ट १२ तारिखलाई विश्व हात्ती दिवसका रुपमा मनाईन्छ । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो ।

मानिस र समुदायको सुरक्षा गर्दै यसैलाई केन्द्रमा राखेर संरक्षणको काम गर्नु संस्थाको मुख्य प्राथमिकता रहेको डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ घनश्याम

Latest










Popular
Suggested