English

आज सोमबारको राशिफल



२ फागुन २०७८ सोमबार । तदनुसार फेब्रुवरी महिनाको १४ तारिक २०२२ । माघशुक्लपक्ष त्रयोदशी तिथि, (सोमप्रदोषव्रत) पुनर्वसु नक्षत्र, आयुष्मान योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः४४ मा भयो भने सूर्यास्त १७ः५३ मा हुनेछ । आज बिहान ८ बजेर ०७ मिनेटदेखि ९ः३१ सम्म राहुकाल रहेको छ । भनिन्छ, राहुकाल रहेको समयमा कुनै पनि शुभ कार्य नगर्न हुँदैंन भन्ने शास्त्रीय मान्यता रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :  आज मेष राशिका मानिसमा मन चन्चल हुनसक्छ । पारिवारिक समस्याका कारण घरमा केही आन्तरिक कहल हुनसक्छ । आजको दिन मेष राशि भएका व्यक्तिका लागि मौन रहेर आफनो काम सम्पादन गर्नु उत्तम हुनेछ । परिवारभित्रका जेष्ठ सदस्यका  कुरा सुनेर काम गर्नु शुभ हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आफन्तजनसँगको मित्र भावका कारण साथ सहयोग मिल्नेछ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । यात्राका लागि पनि आजको दिन उत्तम रहेको छ । तपाईको समय श्रीबृद्धिका लागि अघि बढ्ने देखिन्छ । छोटो दुरीको यात्राको अवसर प्राप्त हुनसक्छ । यात्राबाट नयाँ कार्यको शुरुवात हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आज मिथुन राशि भएका व्यक्तिका लागि आज शुभ रहेको छ । त्यसैले तपाईंको प्रस्तुतिमा प्रभाव पर्नेछ । त्यसको कारण मीठो भोजन र आकस्मिक धनलाभ पनि हुनसक्छ । आजको दिन आफन्त र परिवारजनबाट आर्थिक सहयोग प्राप्त गर्दा तपाईंको उन्नती र प्रगतिको ढोका खुल्नसक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन बिहान घरबाट बाहिर निस्कदा उत्तर मुख पर्खेर निस्कनुभयो भने दिन सफल हुनेछ । किनकी चन्द्रमा कर्कट राशिमा रहेको छ । दाम्पत्य जीवनमा सुख, समृद्धि र नयाँ वस्त्र खरिद, आजको दिन आभुषण खरिद गर्दा लाभ मिल्नेछ । आजको दिन मनमा उत्साह, उमङ्ग थपिने छ । नयाँ काम गर्न समेत उत्साह हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : सिंह राशि भएका जातकका लागि आजको दिन समय अनुकूल नहुनसक्छ । तपाईंको फजुल खर्च, अनावश्यक यात्रा हुनसक्ने सम्भावना छ । स्वास्थ्यमा प्रतिकुलता हुनसक्ने भएकाले स्वास्थ्यमा ध्यान दिँदै आजको दिन आफनो नियमित कार्यबाहेक अन्य कार्यमा त्यति धेरै ध्यान नदिँदा तपाईंका लागि राम्रो हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : व्यापार व्यवसायमा लागेका कन्या राशिका जातक हुनुहुन्छ भने आजको दिन व्यापारबाट लाभ मिन्नेछ । सन्तानबाट सुख, मीठो भोजन प्रतिका लागि निम्तो, स्त्रीबाट साथ सहयोग समेत मिल्नेछ । आजको दिन रसस्वला नभएकी कुमारी कन्यालाई भोजन र दक्षिण दिनुभयो भने तपाईको मनमा प्रशन्नता बृद्धि हुनेछ । 

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आकस्मिक मानसम्मान र अवसरको प्राप्ति हुनेछ । तपाईंले गर्दै आउनुभएको कामको सम्मान र घर परिवार र इष्टमित्रबाट साथ सहयोग हुनेछ । यदी सरकारी अधिकारी हुनुहुन्छ भने आज तपाईंले गरेको कामको उपल्लो तहका अधिकारीबाट सम्मानका शब्दहरु प्राप्त हुनसक्छन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : यात्राको लागि प्रस्ताव आउनसक्छ । धार्मिक यात्राको लागि समेत जान उत्तम हुनेछ । चन्द्रमाका कारण तपाईंको कार्यसिद्धि हुनेछ । नयाँ अवसरको प्रस्ताव आउनसक्नेछ । यदी तपाईं यात्रामा रमाउनु हुन्छ भने आजको दिन वृश्चिक राशि जातकको लागि दिन उत्तम छ । टाभल्स, ट्रेकिङ्ग व्यवसायमा हुनुहुन्छ भने आजको दिन केही नयाँ स्थानको यात्राको प्रबन्ध मिलाउनु होला ।  

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : धनु राशि भएका व्यक्तिका लागि आजको दिन त्यति उत्तम मान्न सकिदैन । मनमा अनेक सोच, स्वास्थ्यमा समेत कष्ट आउन सक्छ । आकस्मिक नयाँ समस्या आउन सक्छ । मनमा भय, त्रास आउनसक्ने हुनाले आजको दिन नियमित बाहेक नयाँ काम, यात्रा र आफन्तजनसँगको भेटलाई यति उत्तम मान्न सकिदैन ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : दाम्पत्य जीवनमा हर्ष छाउने छ । व्यापार व्यवसायबाट अर्थलाभ, यात्राको लागि पनि अवसर र परिवारको साथ सहयोग पाउनु हुनेछ । बाहिरबाट घरमा आउँदा खाली हात घर प्रवेश नगर्नुहोला ।  परिवारजनका लागि खाने केही सामानहरु लिएर मात्र घर प्रवेश गर्नुभयो भने मकर राशि भएका व्यक्तिमा आजको दिन उमङ्ग छाउने छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा उल्लाहस रहन सक्छ । आजको दिन आर्थिक नोक्सानी हुने संभावना प्रवल छ । तपाईंमाथि नकारात्मक सोच राख्ने शत्रुमाथि विजय प्राप्त हुनेछ । आजको दिन तपाईंले सोच अनुसारको काम हुनसक्छ । तर, आफूले गरेको काम गुप्त राख्नु फाइदाजनक हुनेछ । मौन रहनु उत्तम हुनेछ ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन मीन राशि भएका जातकका लागि व्यक्तिको लागि नयाँ अवसरको कार्य थालनी शुभ मानिन्छ । रचनात्मक काम, कलाकारितातर्फ मन बहकिन सक्छ । सन्तान र परिवारबाट साथ सहयोग हुनेछ । आजको दिन मित्रमण्डलीसँगको भेट रचनात्मक हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ ।

यो पनि
प्रेममा अडिएको जीवन



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे

प्रा.डा. गुरुप्रसाद सुवेदी भगवान शिव महाश्मशानका देवता हुन् । शिव एउटा तत्व हो । श्मशानघाटमा नै उहाँ बस्नुभएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको

Latest










Popular
Suggested