English

‘मह’ जोडीलाई ‘महामूर्ख’ उपाधि सर्वाधिक प्रिय उपहार



मिथिला नाट्य कला परिषद् (मिनाप)ले होलीको अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा आयोजना गर्ने महामूर्ख सम्मेलनमा यस वर्ष महामूर्खको उपाधि वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’ जोडीलाई प्रदान गरिएको छ ।

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र मिनापका अध्यक्ष परमेश झाले आइतबार मह जोडीलाई उपाधि प्रदान गरेका थिए । सो अवसरमा महजोडीले उपाधि आफ्नो जीवनको सर्वाधिक प्रिय उपहार भएको धारणा राखे ।

मिनापले विभिन्न १५ विधामा उपाधि प्रदान गरेको छ । कार्यक्रमका अतिथि मन्त्री सोनलले आफै ‘मूर्ख शिरोमणि’को उपाधि पाएका छन् । सोनललाई मह जोडीले उपाधि प्रदान गरेका थिए ।

मिनापले विभिन्न १५ विधामा उपाधि प्रदान गरेको छ । कार्यक्रमका अतिथि मन्त्री सोनलले आफै ‘मूर्ख शिरोमणि’को उपाधि पाएका छन् । सोनललाई मह जोडीले उपाधि प्रदान गरेका थिए ।

यस्तै, प्रदेशसभा सदस्य परमेश्वर साहले ‘बज्रकिट’, जनकपुरधाम उपमहानगरपालिका–४ का वडाध्यक्ष सुदर्शन सिंह ‘बैशाखानन्द’, जसपाका नेता राजीव झा ‘वंश कुरहारी’, सञ्चार उद्यमी शंकर साह ‘मुसरीलाल’ र सितल साहले ‘ढोरवा’को उपाधि पाएका छन् ।

उता महिला नेतृ विन्दु ठाकुरले ‘खुब सुरती’को उपाधि पाएकी छिन् भने मिथिला चित्रकार एससी सुमनले ‘घरघुस’को उपाधि पाए । पर्यावरण अभियन्ता सुरेश शर्मा ‘हाराशेख’, सुजित झा ‘सिलौटानन्द’, सञ्चारकर्मी अशोक दत्त ‘बोतलानन्द’, मोडल क्याम्पसका सञ्चालक वीरेन्द्र साह ‘लोढाशंकर’, वीरेन्द्र कर्ण ‘बज्रकिट’ र मैथिली विकास कोषको अध्यक्ष जीवनाथ चौधरी ‘पटमूर्ख’को उपाधिले सम्मानित भए ।

महामूर्ख सम्मेलनको सुरुवात

मैथिली साहित्य परिषद वीरगञ्जले २०५० सालमा पहिलोपटक महामूर्ख सम्मेलनको आयोजना गरेको थियो । यसको परिकल्पना विश्लेषक चन्द्रकिशोरले गरेका थिए । वीरगञ्जमा करिब सात बर्ष महामूर्ख सम्मेलन गरियो । तर आयोजक संस्था मैथिली साहित्य परिषद सेलाउँदै गएपछि मिनापले २०६१ सालबाट महामूर्ख सम्मेलन जनकपुरधाममा मनाउन थाल्यो ।
तस्विरः हरिवंश आचार्यको फेसबुकबाट



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले