English

सम्भोगका बेला बुझ्नुहोस् एक–अर्काको भावना



हरेक व्यक्तिको लागि सम्भोग गोपनीय र निजी कुरा हो । सम्भोगमा सबैको आ–आफ्नै अनुभव र तरिका हुन्छन् । तर, पनि सामान्यतया सम्भोग चरम सुख प्राप्त गर्न केही ध्यान पुर्याउनुपर्छ ।

सम्भोग क्रिया थाल्नुभन्दा पहिले वातावरणमा विशेष ध्यान दिनुपर्छ । मधुरो उज्यालो, मधुर संगीत, सफा र चहकिलो कोठाले वातावरणलाई रमणीय तुल्याउन मद्दत पुर्याउँछ । सम्भोग क्रिया थाल्नुअघि आफूलाई सफा राख्नु राम्रो मानिन्छ । सम्भोग क्रियामा स्पर्शको भाषा बढी प्रभावकारी हुन्छ ।

आफ्नो यौन साथीलाई कामोत्तेजित पार्न हातका औँला र जिब्रोको स्पर्शको सहारा लिनु बढी प्रभावकारी हुन्छ । औँलाले अनुहारमा, गर्दनमा र कानको पछाडि बिस्तारै स्पर्श गरेमा कामोत्तेजना बढ्छ ।

सम्भोग क्रिया थाल्नुभन्दा पहिला बीच–बीचमा माया गर्दै यौन साथीलाई मीठो बोलीले तारिफ गर्नुपर्छ । सुस्त सुस्त जुन अङ्गमा स्पर्श गर्दा कामोत्तेजना हुन्छ, त्यही अंगमा बढी स्पर्शगरी सम्भोग क्रियालाई अगाडि बढाउँदै लैजानुपर्छ ।

आफ्नो यौन साथीको विचारलाई बुझेर त्यसलाई प्राथमिकता दिने भावनाले सम्भोगक्रिया अगाडि बढाउन सकेमा सदैव तपाईंको यौन सुखद हुन्छ । यस्तो सम्भोगबाट चरम आनन्द पनि प्राप्त हुन्छ ।

यस्तो स्थितिमा दुई शरीर एक हुने मात्र होइन कि दुई आत्माको मिलन पनि हुन्छ । सम्भोग शुरु गर्नुअघि सदैव यसका सीमा, मर्यादा र नैतिक मान्यताहरूमा पनि ध्यान दिनुपर्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले