नुनले अरू के के काम गर्छ
नुनलाई हामीले दैनिक खानाको स्वाद बढाउनका लागि मात्र प्रयोग गर्दै आएका छौँ । तर नुनलाई खानामा मात्र नभएर औषधोपचार र विभिन्न घरेलु समस्याहरूको समाधानमा पनि प्रयोग गर्न सकिन्छ भन्ने कुराको कमैलाई जानकारी होला । नुनको निर्माणमा सोडियम क्लोराइडद्वारा भएको हुन्छ र यो एक किसिमको खनिज पदार्थ पनि हो । त्यसैले नुनलाई हामी अन्य काममा पनि प्रयोग गर्न सकेमा हामीलाई थप फाइदा समेत हुने छ ।
हातको गन्ध हटाउन
तरकारीहरू लसुन, प्याज आदी काटेपछि हातमा त्यसको गन्ध आउन सक्छ । यदि यो गन्ध तपाईँलाई मन पर्दैन भने नुनमा थोरै भिनेगर मिसाएर हातमा केही बेर मोलेर पानीले धुँदा हातमा रहेको लसुन र प्याजको गन्ध हराएर जान्छ ।
कपडाको दाग हटाउन
कपडामा लागेको दागलाई हटाउन पनि नुनको प्रयोग गर्न सकिन्छ । कपडामा कुनै किसिमको दाग लागेको छ भने उक्त कपडालाई नुन पानीमा करिब एक घण्टा भिजाएर राख्नुहोस् । उक्त कपडालाई मिचेर सफा पानीले पखाल्नु होस । यसो गर्दा कपडामा लागेको दाग हटेर जानुका साथै कपडा चम्किलो समेत हुन्छ ।
बेसन सफा गर्न
नुनलाई बेसन सफा गर्नका लागि पनि प्रयोग गर्न सकिन्छ । बेसनमा लागेका दाग हटाउन चाहनुहुन्छ भने नुन र तातो पानीको घोल बनाएर सफा गर्नुहोस् । यसले बेसनमा जमेको फोहोर र तेल सजिलै सफा गर्छ ।
फलफूललाई ताजा राख्न
फलफूललाई लामो समयसम्म ताजा राख्नका लागि नुनको प्रयोग गर्न सकिन्छ । नुनको प्रयोगले फलफूललाई लामो समयसम्म कुहिनबाट बचाउ छ । फलफूलको ब्रोक्रालाई छोडाएर त्यसमा नुन छरेर राख्दा उक्त फलफूल ताजा हुनुका साथै कुहिन वाट पनि जोगाउँछ ।