English

नागिनका कलाकारले लिन्छन् यति पारिश्रमिक



भारतीय निर्मात्री एकता कपुरको सुपर नेचुरल शो ‘नागिन ६’ शनिबार राति टेलिभिजनबाट प्रसारण भयो । यो शोमा यसपटक तेजस्वी प्रकाश नयाँ नागिन अवतारमा दर्शकमाझ आइन् । यसपटक ‘नागिन’मा महक चलह र उर्वशी ढोलकियालाई पनि नागिन अवतारमा देखिँदैछ ।

एकताले कलाकार खोज्नका लागि निकै पैसा खर्च गरेकी छन् । त्यसो त यसअघि पनि धेरै अभिनेत्रीहरूले नागिन बन्नका लागि उनीहरूले मागे जति नै रकम पाएका थिए । यो सूचीमा करिश्मा तन्ना, मौनी राय, सुरभी ज्योती, अनीता हसनदानी, हिना खान, निया शर्मा, शायन्तनी घोष र सुरभी चान्दनाको नाम छन् ।

एकताले पहिलो नागिन मौनी रायलाई बनाएकी थिइन् । मौनीले ‘नागिन’को दुई सिजनमा काम गरिसकेकी छन् । उनले ‘नागिन’मा काम गर्नका लागि दुई लाख रुपैंयाँ पारिश्रमिक लिएकी थिइन् ।

करिश्मा तन्नाले पनि ‘नागिन ३’मा इच्छाधारी नागिन बनेर धमाल मच्चाएकी थिइन् । उनले प्रतिभाग ५० हजार पारिश्रमिक लिएकी थिइन् । तर, उनको भूमिका निकै छोटो थियो ।

‘नागिन ३’मा सुरभी ज्योतीले नागिन बनेर हंगामा मच्चाएकी थिइन् । फ्यानहरू सुरभीको नागिन लुक्सलाई आज पनि बिर्सेका छैनन् । उनले यो शोमा ६० हजार पारिश्रमिक लिएकी थिइन् ।

करिश्मा तन्नाले पनि ‘नागिन ३’मा इच्छाधारी नागिन बनेर धमाल मच्चाएकी थिइन् । उनले प्रतिभाग ५० हजार पारिश्रमिक लिएकी थिइन् । तर, उनको भूमिका निकै छोटो थियो ।

यो सूचीमा अनीता हंसनदानीको नाम छुट्दैन । अनीताले शोमा विशाखाको भूमिका निभाएकी थिइन् । उनी ‘नागिन’को सिजन ३ र ४ मा देखिइसकेकी छन् । उनले नागिन बन्नका लागि आफ्नो साथी एकता कपुरबाट प्रति एपिसोड ५० हजार रुपैयाँ लिएकी थिइन् ।

‘नागिन ४’मा शायन्तनी घोषले पनि नागिन बन्ने अवसर पाइन् । उनले नागिन बन्नका लागि २० हजार रुपियाँ मात्र पारिश्रमिक लिएकी थिइन् ।

हिना खानले ‘नागिन ५’को तीन एपिसोडमा मात्र काम गरिन् । उनले एकता कपुरबाट मागे जति पारिश्रमिक पाएकी थिइन् । उनले डेढ लाखदेखि तीन लाख रुपियाँसम्म पारिश्रमिक लिएकी थिइन् ।

अभिनेत्री हिना खानले ‘नागिन ५’को तीन एपिसोडमा मात्र काम गरिन् । उनले एकता कपुरबाट मागे जति पारिश्रमिक पाएकी थिइन् । उनले डेढ लाखदेखि तीन लाख रुपियाँसम्म पारिश्रमिक लिएकी थिइन् ।

‘नागिन ४’मा देखिएकी निया शर्माले यो शोमा काम गर्दा प्रतिएपिसोड ४० हजार पारिश्रमिक लिएकी थिइन् । पारिश्रमिकको मामलामा सुरभी चाँदनी पनि कोहीभन्दा कम छैनन् । उनले ‘नागिन ५’मा काम गर्नका लागि एक लाख २० हजार रुपियाँ मोटो रकम लिएकी थिइन् ।

‘नागिन ६’मा तेजस्वी प्रकाशलाई नागिन बनाउनका लागि एकता कपुरले पानी बगाएसरी पैसा बगाएकी छन् । यद्यपि उनले कति पारिश्रमिक लिइन् भन्ने कुरा खुलेको छैन । ‘नागिन ६’का लागि एकता कपुरले १३० करोड रुपियाँ लगानी गरेकी छन् ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।