English

चेल्सीलाई पहिलो फिफा क्लब विश्वकपको उपाधि



इंग्लिस क्लब चेल्सीले शनिबार राति पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ । फाइनल प्रतिद्वन्दी ब्राजिलियन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एकएक गोल गरे ।

यससँगै चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो । क्लब विश्वकपको उपाधि जित्ने चेल्सी तेस्रो इंग्लिस क्लब बनेको छ । अन्तिम समयमा पाल्मिरसका ग्रासियाले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो ।

सिटीको सहज जित

रहिम स्टर्लिङको ह्याट्रिकको मद्दतमा इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष क्लब म्यानचेस्टर सिटीले नर्विच सिटीलाई शनिबार राति ४-० अन्तरले पराजित गरेको छ । नर्विचको घरेलु मैदानमा सिटीको सहज जितमा स्टर्लिङले ह्याट्रिक गर्दा फिल फोडेनले एक गोल गरे ।

जितपछि सिटीले उपापधि दाबेदारी बलियो बनाएको छ । उसको २५ खेलबाट ६३ अंक रहेको छ । पराजित नर्विच २४ खेलबाट १७ अंकसहित रेलिगेशन जोनमा छ । तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलको ५१ अंक छ ।

बायर्न पराजित

जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष क्लब बायर्न म्युनिख शनिबार राती भएको खेलमा बकहमसंग ४-२ अन्तरले पराजित भएको छ । भ्रमणकारी टोली बायर्नले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा पराजित भयो ।

बकहमको जितमा क्रीस्टोफर, जुर्गन लोकाडिया, क्रीस्टियन गाम्बोया र होल्टम्यानले एकएक गोल गरे । बायर्नका रोबर्ट लेवान्डोस्किले दुई गोल फर्काए । यस हारपछि बायर्न २२ खेलमा ५२ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । बकहम २८ अंक जोडेर ११औं स्थानमा छ ।



सम्बन्धित खबरहरु

काठमाडौः राष्ट्रिय पारा पौडी संघ नेपालको आयोजना पारा पौडी खेलाडीहरुलाई तालिम संचालन भएको छ । जापानबाट स्पोट्र्स फर टुमारो का

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र प्रमुख प्रायोजक

राष्ट्रिय खेलकुद परिषद्ले भर्खरै खोलिएको खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र र राष्ट्रिय उच्च प्रदर्शन केन्द्रमा #Rhinos को फिटनेस परीक्षण र

Latest










Popular
Suggested